कमलमा बजार अनुगमन सुरु

कमल ।चाडपर्व नजिकै गर्दा बजारमा अखाद्य वस्तुका साथै उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण बढ्ने भएकोले कमल गाउँपालिकाले आज बाट बजार अनुगमन सुरुगरेको छ ।
कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटी को संयोजकत्वोमा बजार अनुगमन सुरुगरिएको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिका वडा नम्बर ४ को समायगढ बजार बाट अनुगमन सुरुगरेको समितीले आज क्याम्पा बजार, सरङ्घपाडा, वाँसवारी लगायतका भित्रि बजारको अनुगमन गरिएको अनुगमन समितीका सदस्य तुलसिप्रसाद ओझाले बताए ।

This image has an empty alt attribute; its file name is d-1-1024x576.jpg


अनुगमनका क्रममा उपभोग्य मिति सकिएका कोकाकोला, स्प्राईड,फ्रुटी, दालमोड, भुजिया, टेस्टि,पार्लेजी कोकोनट लगायत ब्राण्डका विस्कुट सामान बरामदगरी नस्ट गरिएको अनुगमन टोलिले जनाएको छ ।


बजार अनुगमनका क्रममा भित्रि बजारलाई लक्षितगरेर सामान विक्रिवितरण गरिरहेको को १ च ६९२६ नम्बरको बोलेरो पिकअप बाट समेत उपभोग्य मिति सकिएको प्mुटी, प्याप्सि लगायतका पेयपदार्थ भेटिएकोले त्यस्ता सामान समेत नस्टगरीएको अनुगमन समितिका संयोजक बेनुप्रसाद सिवाकोटीले जानकारी दिए

This image has an empty alt attribute; its file name is uo-1-1024x576.jpg


उनका अनुसार अनुगमनका क्रममा ५० हजार मुल्य भन्दा बढीको सामन नष्टगरिएको र व्यवसायीलाई पुन यस्ता सामाग्री विक्रिवितरण नगर्न र उपभोक्ताको स्वस्थ्यमा असर नपुर्याउन सचेत गराएको बताए ।
कमल गाउँपालिकाका आर्थिक समिती संयोजक नरप्रसाद दंगाल, , गाउँपालिका अधिकृत तुलसीप्रसाद ओझा र रामचन्द्र गजुरेल, स्वस्थ्यशाखा प्रमुख रामचन्द्र मिश्र, उद्योग विणिज्य संधका सचिव विरेन्द्र अधिकार उपभोक्ताहित संरक्षण समितीका प्रतिनिधी , लगायत को टोलिले अनुगमन गरेको थियो ।

Back to top button