उमानाथ भण्डारी
चाडपर्व नजिकै गर्दा बजारमा अखाद्य वस्तुका साथै उपभोग्य मिती समाप्त भएका बस्तुको विक्रि वितरण बढ्ने भएकोले कमल गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।
कमल गाउँपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटी को संयोजकत्वोमा आईतवारबाट सुरुगरिएको बजार अनुगमनलाई तिव्रता दिदै आज दोश्रोदिन वडा नम्वर ६ र ७ का बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपालिका वडा नम्बर ४ को समायगढ बजार बाट अनुगमन सुरुगरेको समितीले क्याम्पा बजार, सरङ्घपाडा, वाँसवारी लगायतका भित्रि बजारको अनुगमन गरिएको र जसमा किराना ७५ होटल २६ फेन्सि २० एग्रोभेट १० हार्डवेर १० फलफुल १० ईलेक्ट्रोनिक ७ पुस्तक पसल ५ टेलर्स ५औषधिपसल ३ अनुगमन समितीका सदस्य तुलसिप्रसाद ओझाले बताए ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका कोकाकोला, स्प्राईड,फ्रुटी, दालमोड, भुजिया, टेस्टि,पार्लेजी कोकोनट लगायत ब्राण्डका विस्कुट, टुटपेस्ट,तोरिको तेल लगायतका सामान नस्ट गरिएको र व्यवसायीलाई मुल्यसुचि तथा साईनवोर्ड राख्न दर्ता तथा नविकरण गर्न व्यवसायि सुझाव दिएको अनुगमन समितीका संयोजक बेनुप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।
बजार अनुगमनका क्रममा भित्रि बजारलाई लक्षितगरेर सामान विक्रिवितरण गरिरहेको को १ च ६९२६ नम्बरको बोलेरो पिकअप बाट समेत उपभोग्य मिति सकिएको प्mुटी, प्याप्सि लगायतका पेयपदार्थ भेटिएकोले त्यस्ता सामान समेत नस्टगरीएको अनुगमन समितिका संयोजक बेनुप्रसाद सिवाकोटीले जानकारी दिए

उनका अनुसार अनुगमनका क्रममा ६५ हजार मुल्य भन्दा बढीको सामन नष्टगरिएको र व्यवसायीलाई पुन यस्ता सामाग्री विक्रिवितरण नगर्न र उपभोक्ताको स्वस्थ्यमा असर नपुर्याउन खालका सामन विक्रिवितरण नगर्न व्यवसायिलाई सचेत गराईएको संयोजक सिवाकाटीले बताउनुभयो ।

कमल गाउँपालिकाका आर्थिक समिती संयोजक नरप्रसाद दंगाल, , गाउँपालिका अधिकृत तुलसीप्रसाद ओझा र रामचन्द्र गजुरेल, स्वस्थ्यशाखा प्रमुख रामचन्द्र मिश्र, उद्योग विणिज्य संधका सचिव विरेन्द्र अधिकार उपभोक्ताहित संरक्षण समितीका प्रतिनिधी , सुरक्षाकर्मि लगायत को टोलिले अनुगमन गरेको थियो ।