पूर्बनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा संवन्धि अत्यन्त जरुरी सूचना

यस पूर्बनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.कमल २ झापाका १९ औं बार्षिक साधारणसभाको लागी सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार सर्वप्रथम इकाइगत साधारणसभा गर्नु पर्ने भएको हुँदा यस सहकारी संस्थाको संचालक समितीको निर्णय तथा सदस्यको अनुपातमा निम्नानुसारको क्षेत्रगत इकाइ निर्माण गरिएको हुँदा आ आफ्नो सदस्यता भएको इकाइमा उपस्थिती भई इकाइगत साधारण सभामा भाग लिन तथा साधारणसभाको माइन्युट प्रमाणित गर्ने सदस्य चयन गर्नको लागी यो सूचना प्रकासित गरिएको छ । साथै यस संवन्धि पत्र सम्पूर्ण सदस्यहरुलाई प्रेषित गरिसकिएको हुँदा यदि कहि कसैले पत्र प्राप्त नगरेको भए यहि सूचनालाई आधार मानी आ आफ्नो क्षेत्रमा सहभागीताको लागी यो सूचना प्रकासित गरिएको छ ।
क्र.स मिती क्षेत्र स्थान समय
१ २०७६÷०६÷०२ कमल गाउँपालिका वडा न. ३,४ र ५ सदस्यहरुका लागी वण्डरलैण्ड बोर्डिङ स्कूल कमल ३ केर्खा विहान १० बजे देखि दिनको १ बजे सम्म
२ २०७६÷०६÷०२ कमल गाउँपालिका वडा न. २ को सदस्यहरुको लागी कमल गाउपालिकाको सभाहल क्याम्पा विहान १० बजे देखि दिनको १ बजे सम्म
३ २०७६÷०६÷०२ कमल १ र तोपगाछी सेवा केन्द्रमा सदस्य रहेका गौरादहका नगरपालिकाका सदस्यहरुको लागी सामुदायीक भवन शुक्रबारे कमल २ दिनको २ बजेदेखि ५ बजे सम्म
४ २०७६÷०६÷०३ सेवाकेन्द्र दमकका सदस्यहरु सेवाकेन्द्र दमकको कार्यालय विहान १० बजे देखि दिनको १ बजे सम्म
५ २०७६÷०६÷०३ सेवाकेन्द्र गौरीगंज अन्र्तगतका सम्पूर्ण सदस्यहरु गौरीगंज मा.वि. विहान ११ देखि दिनको २ बजे सम्म
६ २०७६÷०६÷०४ सेवाकेन्द्र तोपगाछी अन्र्तगत साविक धरमपूर का सदस्यहरु मोती माध्यमिक विद्यालय विहान ११ बजे देखि दिनको २ बजे सम्म
७ २०७६÷०६÷०४ सेवाकेन्द्र विर्तामोड अन्र्तगत भद्रपुर नगरपालिकाका सदस्यहरु दुर्गा पाञ्चायन मन्दिर धनुषमोड विहान १० बजे देखि दिनको १ बजे सम्म
८ २०७६÷०६÷०४ सेवाकेन्द्र विर्तामोडका भद्रपूर नगरपालिका भन्दा बाहेकका सदस्यहरु देवि क्याम्पस, विर्तामोड अतिथीसदन पूर्वउत्तर दिनको २ बजे देखि ५ बजे सम्म

                                       संचालक समिती 
                              पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि
                               प्रधान कार्यालय कमल २ तोपगाछी झापा 
Back to top button