कमल । संचारकर्मि र सहकारी अभियान्ता सहित चार दर्जनभन्दा बढीलाई सम्मान गर्दै झापाको कमल गाउँपालिका २ स्थित पुर्वनेपाल बहुउद्येश्य सहकारी सस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संचारमाध्यबाट सहकारीका गतिविधीलाई प्रकाशन र प्रसारण गरेको भन्दै गोरखापत्रका झापा संवाददाता तथा सवालनेपालका सम्पादक विष्णु पोख्रेललाई सम्मानपत्रका साथै नगद ५ हजार बाट १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रि जिवनकुमार घिमिरेल सम्मान गरेका थिए ।
त्यसैगरी लामो समय देखी सहकारीका क्षेत्रमा कृयाशिल व्याक्तित्व हरिचरण बानियालाई समेत सम्मानपत्र का साथै नगद ७ हजार बाट मन्त्रि घिमिरेले सम्मान गरेका थिए ।

सहकारीले जेष्ठ नागरीक हरीप्रसाद भट्टराई र मोहनप्रसाद पौडेल, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी, उत्कृष्ट वाल बचत समेतलाई सम्मान गरेको थियो ।
साधारणसभाको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा कृषिमा यान्त्रिकरण नभए सम्म नयाँ पुस्ता कृषि पेशामा आकर्षण नहुने १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रि जिवनकुमार घिमिरेले बताए ।

अघिल्लो पुस्ता मात्र कृषिपेशामा आवद्ध छन् अधिकांस युवा विदेश गएका छन् याँहा भएकाहरुपनि कृषि पेशाप्रति आकर्षित छैनन् जसले गर्दा हाम्रो खेतवारी बाँझै छ । अव युवालाई यस पे्रशा प्रति आकर्षण गर्ने हो भने कृषिमा यान्त्रिकरण गर्नु आवश्यक छ । अनिमात्र युवाहरुको कृषि पेशामा आकर्षण बढ्ने मन्त्रि घिमिरे बताए ।
सहकारीले अवका दिनमा बचत र ऋण लगानि गरेरमात्र हुदैन सहकारीको मर्म अनुसार अगाढी बढ्नु पर्ने हुन्छ । सदस्यलाई उत्पादन मुलक काममा लाग्न प्रेरित गर्नुपर्छ त्यसैले सरकारले पनि सहकारीलाई विकास निर्माणको तिन खम्बे निति अनुसार एक खम्बाको रुपमा अगाडी बढाएको उल्लेख गदै प्रदेश नम्बर १ को सरकारले सहकारी निति बनाई सकेको हुदा अव सोहिअनुसार सहकारी अगाडी बढ्नु पर्ने समेत घिमिरेले बताए । ।

कार्यक्रममा सहकारी अभियान्त्रा हरीचरण बानिया,शिक्षकहित बचत तथा ऋण सहकारीका अध्यक्ष नारायणप्रसाद गौतम, मेचि सहकारी सस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई,ईन्द्रणी बहुउद्येश्य सहकारी सस्थाका अध्यक्ष रत्न थापा लगायतले शाधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

सस्थाका अध्यक्ष सालिकराम पोख्रेलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन छलफल पछी पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष केदारनाथ ढुङ्गेलले स्वगत मन्तव्य राखेका थिएभने सदस्य प्रेम सापकोटाले सन्चालन गरेका थिए ।