शान्ति सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण सम्वन्धि अन्तरकृया

कमल । चाडपर्व नजिकिए सगै हुनसक्ने चोरीनिकासी तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि आईतवार सरोकारवालासंग केर्खामा छलफल तथा अन्तरकृया सम्पन्न भएको छ ।
प्रहरी चौकी केर्खाको आयोजनामा कार्यक्रममा स्थानिय संघ सस्थाका प्रतिनिधी ,शिक्षक ,उद्योगी व्यवसायीहरु विच भएको अन्तरत्रृmया कार्यक्रममा बोल्दै कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले गाउँपालिकाको प्रमुख बजार केर्खालाई सुन्दर र शान्त र दुर्घटना रहित क्षेत्र बनाउन सबै सरोकारवाला मिलेर अगाडि बढेमा सम्भवहुने बताईन् । चाडपर्वका समयमा बजारका साथै सडकमा समेत भिडभाड हुने भएकोले सबैले आ आफ्नो जिम्वेवारी बहनगरेमात्र चाडपर्व लाई रमाईलोगरी मनाउन सकिने समेत अध्यक्ष काफ्लेले बताईन् ।
चाडपर्व नजिकिए संगै बाहिर बाट दशैं मनाउन घर आउनेको भिड निकै बढेको हुन्छ । जसले गर्दा दुर्घटना बढ्ने सम्भावना निकै छ । राति अबेर सम्म होटल सञ्चालनगर्ने, मादक पदार्थ सेवनगरी होहल्लागर्ने जस्ता कार्यले पनि बजारलाई असर पुर्याउने भएकोले सवै मिलेर यस्ताकार्यगर्ने लाई निरुत्साहि गर्नुपर्ने प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागोले बताए ।
चाडपर्वका समयमा सवारी साधनको चाप धेरैहुने पैदलयात्रिको चाप पनि उत्तिकै हुने जसलेगर्दा दुर्घटना हुने सम्भावना हनेभएकाले र यस्तो समयमा ट्राफिक प्रहरीले मात्र दुर्घटना रोक्न सक्दैन् पैदलयात्रि का साथै सवारी चालकको पनि उत्तिकै महत्वपुर्ण भुमिका हुन्छ सबैमिले मात्र दुर्घटना न्युनिकरण गर्न सकिने ट्राफिक प्रहरी पोष्टका केर्खाका प्रहरी साहायक निरिक्षक लक्ष्मिप्रसाद ओझाले बताए ।
कार्यक्रममा राती ९ बजेपछि होटल बन्दगर्ने,सार्वजनिक स्थानमा तासजुवा खेल्न प्रतिवन्ध , सर्वजनिक स्थानमा मादक पदार्थ सेवनगरी हल्लागर्ने, लागुऔषध प्रयोग गर्नेहरु काहिँकतै फेलापरेमा प्रहरी लाई खबरगर्ने लगायतका निर्णय भएको प्रहरी चौकि केर्खाका असई अशोक दर्नालले बताए ।

Back to top button