कमल । चाडपर्व नजिकिए सगै हुनसक्ने सवारी दुर्घटनालाई न्युनिकरणका लागी ट्राफिक प्रहरी पोष्टका केर्खाको अनुरोधमा एनएमवि बैक चुलाचुली शाखा र मनसा सिमेन्ट भ्रद्रपुरको सहयोगमा कमल गाउँपालिकाको केर्खा र चुलाचुलीमोडमा ट्राफिक प्रहरीको ढमी राखिएको छ ।
चाडपर्वका समयमा सवारीको चाप अत्याधिक हुने सोहिसमयमा घरफर्किनेको चापपनि धेरैहुने भएकोले दुर्घटनाको सम्भावन धेरै हुनेभएकोले त्यसलाई न्युनिकरणलागी थोरैभएपनि सहयोग पुग्ने भएकोले सडकमा ट्राफिक प्रहरीको डमि राखिएको ट्राफिक प्रहरी पोष्टका साहायक प्रहरी निरिक्षक लक्ष्मिप्रसाद ओझाले जनकारी दिनुभयो ।

सडकमा रहेको डमिलाई देख्नानास चालकले अगाडी ट्राफिक रहेछ भनेर स्पिड कम गर्ने भएकोले दुर्घटना न्युनिकरण हुने निरिक्षक ओझाले बताउनुभयो