करेन्ट लागेर चम्लागाईको मृत्यु

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आज विहान करेन्ट लागेर एक व्याक्तिको मृत्यु भएको छ भने अन्य एक जना घाईते भएका छन् ।
निर्माणाधिन घरमा पानि लगाउने क्रममा शुक्रवार विहान साडेसात बजे करेन्ट लागेर घाईते भएका ६२ वर्षिय विष्णु चम्लागाईको उपचारका क्रममा दमक स्थित लाईफ लाईन अस्पतालमा मृत्यु भएको मृतकका दाई केशव चम्लागाईले जानकारी दिए ।
सोहि क्रममा घाईते भएकी मृतककी श्रीमती चम्पादेवि चम्लागाईको दमकका उपचार सम्भव नभएपछि विराटगर स्थित नोवेल अस्पताल रेफर गरिएको स्थानिय विरेन्द्र अधिकारिले बताए ।

Back to top button