केर्खा स्थित मदन आश्रीत स्मृती बहुमुखी क्याम्पसमा चोरी

कमल । गए राती झापाको कमल गाउँपालिका ३ स्थित मदन आश्रीत स्मृती बहुमुखी क्याम्पसमा चोरि भएको छ ।
दशैंका कारण लामो समय क्याम्पस विदा भएको मौका पारेर चोरले २ वटा ल्यावटव चोरि गरेको र अन्य सामनमा क्षति गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
चोरले २ वटा ल्यावटव चोरिगर्नुका साथै १ थान पावर प्वईन्टमा क्षतिपुर्याएको र क्याम्पसमा भएका विषयगत शिक्षकका दराजमा समेत क्षति पुर्याएका कारण ३ लाख रुपैया भन्दा बढीको क्षतिभएको क्याम्पस सञ्चालन समितीका अध्यक्ष चक्रबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
त्यसैगरि एउटै कम्पाउण्डमा भएको शहिद धर्मभक्त माध्यमिक विद्यालयमा सञ्चालन रहेको वालकक्षामा समेत चोरले क्षति गरेको अध्यक्ष गुरुङ्गले बताउनुभयो
क्याम्पसमा कस्ले चोरी गरेको भन्ने कुरा अनुसन्धान भैरहेको प्रहरी चौकी केर्खाका ईन्र्चाज प्रहरी सहायक निरिक्षक अशोक दर्नालले जानकारी दिनुभयो ।

Back to top button