कमल । झापाको कमल गाउँपालिका वडा नम्बर २ स्थित पुर्व नेपाल बहुउद्येश्यीय सहकारी सस्था लिमिटेडले आज एक कार्यक्रमका विच नव निर्वाचित कार्यसमिती तथा लेखा समिती लाई सफथ ग्रहण , पदबहालीका साथै प्रमाण पत्र वितरण गरीएको छ ।
सस्थाको छैंटौ कार्यकालका लागी सबै पदमा सर्वसम्मत निर्वाचित भएका समितीका सदस्य लाई निर्वाचन समितिका संयोजक भवानी दंगालले सफथ ग्रहण , पदबहालीका साथै प्रमाण पत्र वितरण गरेका थिए ।

यसरी सफथ ग्रहण तथा पदबहाली गर्नेमा अध्यक्षमा प्रेम सापकोटा, उपाध्यक्ष याम बहादुर कट्टेल,सदस्य गणेश ढकाल, सिताराम ढकाल, दिपेन्द्र अधिकारी, मोहन कुमार श्रेष्ठ, कमल पाण्डे ,प्रतिभा निरौला (न्यौपाने), टिका थापा सर्व सम्मत निर्वाचित भएको निर्वाचन समिती सदस्य खोम बगाले थापाले जानकारी दिए ।
त्यसैगरी लेखा समिती संयोजक केदारनाथ ढुंगेल सदस्यमा विकास शर्मा फुयँल र सरस्वती ढकालले समेत सफथ ग्रहण तथा पदबहाली गरेका हुन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सापकोटाले प्रतिबद्धता मन्तव्य राखेका थिए भने व्यवस्थापक चन्द्रकला ढकाल र निवर्तमान अध्यक्ष शालिकराम पोख्रेलले नवनिर्वाचित समिती लाई बधाई तथा शुभकामना दिएका थिए ।

२०५७ सालमा स्थापना भएको सहकारी आर्थिक वर्ष २०७६।०७६ को अन्त्य सम्ममा सस्थाको शेयर पुजि १० करोड ५१ लाख ४२ हजार ९ सय रुपैया पुगेको छ भने निक्षेप संकलन ५० करोड ८५ लाख १८ हजार १६५ रुपैया पुगेको छ भने कर्जा लागानि तर्फ ७७ करोड २८ लाख ९ हजार ६४५ रुपैयाको कारोवार गर्दा नाफा ३ करोड ३४ लाख ७७ हजार ८११ रुपैया का साथै विभिन्न कोषमा ११ करोड ३७ लाख २ हजार ८८० रहेको व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिईन । सस्थामा हाल ६ हजार ९ सय ९८ जना सदस्य रहेको समेत ढकालले बताईन् ।