मन्जुको उपचारमा नेकपाको आर्थिक सहयोग

कमल । मन्जुको उपचार सहयोगका लागी नेपाल कम्युनिष्ट पाटि ( नेपका)कमल गाउँपालिका वडा नम्वर ३ ले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कमल गाउँपालिका वडा नम्बर ३ मा स्थाई वसोवास गर्दै आउनुभएकि ४६ वर्षिय मन्जु तिवारी लाई उपचार खर्चमा सहयोग पुगोस भन्ने उद्येश्यले विभिन्न व्याक्ति बाट जम्मा गरेको ३४ हजार रुपैया नेकपा प्रदेश किमिटी सदस्य मेनुका काफ्ले द्वारा विरामीका श्रीमान डिल्लिराम तिवारीलाई प्रदानगरिएको नेकपा वडा नम्बर ३ का सचिव राजन चापागाईले जानकारी दिए ।
आर्थिक अवस्था अत्यन्त कमजोर रहेका तिवारी परिवार जसोतसो बनिबुतो गरेर जिविको पार्जन जर्दै थिए अचानक श्रीमती लाई डाड र कम्मर दुख्ने समस्या सुरुभयो । सुरमा कम्वर र डाड दुख्ने समस्या भएपछि उपचारका लागी श्रीमती लाई अस्पताल लाने क्रममा एक निजी अस्पतालले मेरुदण्डको हड्डि खिएर नशा च्यापिएकोले यस्तो समस्य भएको भन्दै महिनौ दिन सम्म उपचार गाराउदा विरामी निको हुनुको सट्टा झनसारो भएको र कम्मर मुनिको भाग नचल्लने अवस्थामा पुगेको विरामी मन्जु तिवारी बताउनुहुन्छ ।
वाईट……. मन्जु तिवारी विरामी
श्रीमतिको अवस्था अत्यान्तै नाजुक भएपछि थप उपचारका लागी धरान स्थित विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठनमा पुर्याएपछि त्याहाँका डाक्टरले परिक्षण गरिपछि मात्र थाहाभयो श्रीमतीलाई वोण्ड टिभि भएको रहेछ ।
अहिले मन्जुको स्वस्थ्यमा केहि सुधार भएको छ कम्मरमुनि भाग हल्का चल्न थालेको छ । श्रीमतीको स्वस्थ्यमा सुधार आएको देखेर डिल्लिराम लाई केहि खुशिको अनुभव भएपनि श्रीमतीको उपचारमा खर्च भएको ४ लाख भन्दा बढी ऋण लागेको छ त्यस लाई कसरि तिर्ने भन्ने चिन्ताले सताएको मन्जुका श्रीमान डिल्लिरामले बताए ।

Back to top button