उमानाथ भण्डारी
कमल । शान्ति सुरक्षा कायम राख्न विश्वमै अब्बल मानिएको नेपाली सेना पछिल्लो समय वातावरण संरक्षणमा समेत सक्रिय भएको छ ।
नेपाल सरकारको एक नेपाली एक फलफुल बिरुवा रोपण अभियानलाई साकार रुपदिनकालागी नेपाली सेनाले पनि एक जवान एक फलफुलका बिरुवा रोपण अभियान लागु गरेर वातावरण संरक्षणमा सिक्रय भएको नेपाली सेनाले जनाएको छ ।

सोहि अभियान अन्तरगत झापाको कमल गाउँपालीका ३ मा रहेको नेपाली सेनाको नम्बर २१ वाहिनी परिसरमा फलफुलका विरुवा रोपिएको छ । प्रधान सेनापती मार्ग निर्देशन २०७५को लक्ष अनुसार गो ग्रिन एवं “एक सैनिक एक फलफुलका विरुवा” कार्यक्रम अन्तरगत वृक्षा रोपण गरिएको नम्बर २१ वाहिनी पती आश बहादर तामाङ्गले जाकारी दिए ।
वृक्षारोपण कार्यक्रमले क्याम्पको वातवरणलाई हरियाली पार्नुका साथै सुन्दरता प्रदान गर्नेछ भने फौजले पनि क्याम्प भित्र उत्पादन भएको अग्र्यानिक फलफुल खान पाउने छन् ।

वाहिनी परिसर भित्र खालि रहेको र सडक किनाराको गरी जम्म ३ सय कठ्ठा क्षेत्रफलमा वृक्षारोपण गरिएका छ । वृक्षारापण गरिएका विरुवामा आँप १ हजार ५ सय,लिचि ८ सय,रुख कटहर ७ सय,नरिवल १ सय,सुपारि १ हजार ५ सय, कागति १ हजार ,अम्बा ५०,एभोकाडो १ सय,केरा ५ सय,बेल ५०, अमला ५०,सजिवन १ सय,रुद्राक्ष २ सय,तित्रि ५० र सिताफल १ सय गरि जम्मा ७ हजार ५० थान विरुवा रोपिएको छ ।

व्यारेकभित्र यति ठुलो मात्रामा वृक्षारोपण गर्नका लागी सरकारी कार्यलय, विभिन्न संघ सस्था स्थानिय निकायको सामुहिक सहयोग बाट सम्भव भएको सहायक रथी तामाङ्गले बताए ।
नेपाल सरकारको एक नेपाली एक फलफुल बिरुवा रोपण अभियान अन्तरगत तपाई हामिले पनि आफ्ना खालिरहेको जमिन ,सडक किनारा तथा करेसा बारिमा फलफुलका विरुवा रोपौ जसले आफ्नो घरवरपरको वातवरणलाई हरियाली पार्नुका साथै सुन्दरता प्रदान गर्नेछ यसका साथै आफैले उत्पादन गरेको अग्र्यनिक र ताजा फलफुल खाउँ र फलफुल आयत लाई विस्थापित गरौ ।