देउसी भैलो खेल्नुको उद्येश्य संस्कार र संस्कृति जोगाउदै आर्थिक संकलन

कमल । देउसी भैलोलाई कसैले संस्कार र संस्कृति जोगाउने र परापुर्वकाल देखी मानी आएको चाडपर्वका रुपमा लिने गरेका छन् भने कसैले मनोरन्जनका रुपमा मात्र सिमित राखेर देउसी खेल्ने गरेका छन् भने कतिपयले यसलाई आर्थिक संकलनगर्ने अवसरका रुपमा लिने गरेका छन् ।
सदावर्षहरु जस्तै यस वर्षपनि नेपाल कम्युनिष्ट पाटि (नेकपा) कमल गाउँपालिका ३ नम्बर वडाले पनि केर्खामा देउसी खेलेको छ ।
देउसी खेल्नुको मुख्य उद्येश्य भनेको संस्कार र संस्कृति जोगाउदै पाटी संचालनका लागी आर्थिक संकलन रहेको नेपाल कम्युनिष्ट पाटि (नेकपा) कमल गाउँपालिका ३ नम्बर वडाका सह ईर्चाज मधुसुधन अधिकारीले बताए
त्यसैगरी कमल गाउँपालिका ३ सानो केर्खा स्थित किराँतेश्वर मन्दिर परिवारले पनि मन्दिर निर्माणका लागी आर्थिक संकलन गर्न देउसी खेलेको मन्दिरका अध्यक्ष कुमार खतिवडाले जानकारी दिए ।

कमल गाउँपालिका ३ सानो केर्खा स्थित किराँतेश्वर मन्दिर परिवार देउसी खेल्दै


लक्ष्मिपुजाका दिन देखी खेलीने देउसी भैलो कार्यक्रम कतिपयले लक्ष्मिपुजाका दिन विहानै देखि खेल्न सुरुगरेर भाईटिकाको तिन चार दिन पर सम्म खेल्ने गरेको पाईन्छ । यसरी देउसी खेल्नुको मुख्य उद्येश्य भनेको संस्कार र संस्कृति जोगाउने बाहानामा आर्थिक संकलन रहेको स्थानिय व्यवषायी रमेश पख्रेलले बताउनुहुन्छ ।

Back to top button