कमल । झापाको कमल गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन आज एक कार्यक्रमका बिच कृषक लाई आलुको विउ वितरण गरिएको छ ।
कमल गाउँपालिका २ स्थित आईपीएम कृषि सहकारी सस्था को आयोजना तथा कमल गाउँपालिका ,कारितास नेपाल र कृषि ज्ञान केन्द्र झापाको सहयोगमा १ सय २५ जना कृषकलाई जनही ५० केजी आलुको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

कमल गाउँपालिकाका किसान आलुमा आत्मनिर्भर भएकोले आलुको व्लकको रुपमा गाउँपालिकालाई घोषणा गर्न संघ र प्रदेश सरकार माग गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
गाउँपालिकामा उत्पादन भएको आलु लामो समय सम्म भण्डारण गर्नका लागी आवश्यक पर्ने शितभण्डारको समेत स्थापना गर्नका लागी आवश्यक पहल भएको समेत अध्यक्ष काफ्लेले बताईन् ।

पछिल्लो समय विषादी युक्त खानाका कारण क्यान्सरजस्तो खतरनाक रोग लाग्ने गरेकोले अवका दिनमा विषदी रहित उत्पादनमा जोडदिनका लागी जस्तोसुकै सहयोग गर्न कमल गाउँपालीका तयार रहेको उपाध्यक्ष बेनु सिवाकोटीले बताए ।
त्यसैगरी कमल गाउँपालिकामा ब्लक लक्षित विउ आलु वितरण ले यहाँका कृषक लाई राम्रो फाईदा हुने कृषि ज्ञान केन्द्र झापाका प्रमुख निल कमल सिंहले बताए ।
कमल गाउँपालिकाको माटो सुँहाउदो विभिन्न जातका आलुको विउ वितरण सगै आगामी दिनमा आलुका लागी आवश्यक पर्ने मलखाद समेत कृषकलाई निशुल्क उपलब्ध गराईने कारितास नेपालका कृषि प्रविधिक टंक कट्टेलले बताए ।

किसानलाई उत्पादनमा प्रोत्साहान गरेपनि किसानले उत्पादन गरेको बस्तुले बजार नपाउदा कृषि पेशाप्रति कृषको मनोवल दिनानुदिन कम हुँदै गईरहेको ले अवका दिनमा उत्पादनका साथै बजारीकरणका लागी सम्बन्धित पक्षले ध्यान दिने आवश्यक रहेको अगुवा कृषक बताउछन् ।
आईपीएम कृषि सहकारी सस्थाका अध्यक्ष याम बहादर राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।