सोलार बत्ति जडानपछि स्थानि वासि लावान्वित

कमल । सोलार वत्ति जडान पछि स्थानिय वासि लगायत २१ नं वाहिनी अड्डा लाई समेत सहजता भएको छ ।
वैकल्पिक उर्जा प्रवर्धन केन्द्र कामाडौ र कमल गाउँपालिकाको सहकार्यमा सोलर वाहिनि लगायत सडक र मन्दिरमा समेत बत्ति जडान गरिएको हो ।
विषेश गरेर सो क्षेत्रमा हात्ति आउने भएकोले त्यसको सुरक्षर्थ सोलार बत्ति जडान गरिएको हो । सानुकेर्खा स्थित किँरातेश्वर शिव पान्चायन मन्दिरमा २ वटा , २१ नं वाहिनी अड्डको चारसुरमा ४ वटा र सोनोकेर्खा बाट ईलामको चुलाचुली गाउँपालिका जाने हात्ति प्रभावित सडकमा ( क्षेत्र) ७ वटा गरि जम्मा १३ थान सोलार बत्ति जडान गरिएको कमल गाउँपालिकाले जनाएको छ ।
सोलार बत्ति जडानकालागी वैकल्पिक उर्जा प्रवर्धन केन्द्र कामाडौ बाट १० लाख ५० हजार र कमल गाउँपालिका बाट ४ लाख ५० हजार गरि जम्मा १५ लाख रुपैयाको लागतमा बत्ति जडान गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाश श्रेष्ठले जानकारी दिए ।
यो क्षेत्रमा जङ्गली हात्तिको मुख्य सडकमा पर्छ रातको समयमा आवत जावत गर्न जङ्गली हात्तिका कारण धेरै समस्या हुने गरेको थियो सोलर वत्ति जडान पछि आवत जावत गर्न का साथै मन्दिरमा भजन किर्तन गर्न समेत सुविधा भएको किँरातेश्वर शिव पान्चायन मन्दिरका अध्यक्ष कुमार खतिवडाले बताए ।
आफु अटो चालक भएकोले रातसाँझ नभनि यसै ठाउँ बाट हिड्नु पर्छ । जङ्गलको बाटो त्यसमा पनि हात्ति प्रभावित क्षेत्र हो । रातको समयमा अगाडी हत्ति आएपनि देखिदैन थियो तर अहिले सोलार बत्तिले गर्दा धेरै सुविधा भएको चुलाचुली निवासी अटो चालक लालबहादु कर्किले बताउछन् ।

Back to top button