कमल । कमल गाउँपालीका को केर्खा ,क्याम्पा बजार हँुदै बैगुनधुरा सम्म जोड्ने सडक निर्माणमा ढिलासुस्ति भएको भन्दै आज स्थानियले कमल गाउपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
“बाटो ” कि राम्रो कि नक्सा मेटाउ , मन्ने प्ले कार्ड सहित स्थानिय गाउँपालिका पुगेका थिए।
सडक निर्माणका लागी ३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माण का लागी जिम्मा पाएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भीले आज सम्म पनि सडक निर्माणको काम सुरु नगर्दा त्याहाँ बाट निस्किएको धुलोका कारण आजित भएका स्थानिय वासिले के कारणले सडक निर्माण सुरु नभएको कारण पत्तालगाई तुरुन्त सडक निर्माणको काम सूरुगर्न निर्माण कम्पनिलाई दवाव दिन भन्दै कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटी लाई ज्ञापन पत्र बुझाएका हुन्।
गाउँपालिकाले पटक पटक ठेकदार संग बसेर छलफल गरेपनि काम नगरेको र यस बाट स्थानिय वासि मात्र होईन जनप्रतिनिधी समेत पिडामा रहेको कमल गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार ठेकदार कम्पिनिसंग पटक पटक बसेर छलफल गरेपनि सडक निर्माणमा ठेकदारले बेवास्ता गरेका कारण गाउँपालिका आफै हैरान भएको छ । पछिल्लो समय म्यद थपेको छ भन्ने सुनिएको छु तर यस विषयमा गाउँपालिका लाई कुनै जानकारी नभएको उपाध्यक्ष सिवाकोटिले बताए ।
कमल गाउँपालिकाको केर्खा हुदै बैगुनधुरा सम्म जोड्ने १७ किलोमिटर सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको र २०७६ साल असार १९ गते सडक निर्माणको काम सम्पन्न गरि सक्नु पर्ने थियो तर सडक निर्माण सम्बन्धि कुनै कामनै नगरी पुन म्याद थपिएको मा स्थानिय आक्रोसित बनेका स्थानिय रामचन्द्र बरालले बताए।
सडक बाट निस्किएको धुलोका कारण स्थानिय विरामी भएका छन् । धुलोका कारण कतिपय घरमा भएका विद्युतिय सामाग्री समेत विग्रिएको अर्का स्थानिय गोरिमान फागोले बताए ।
टोलिका संयोजक डिल्लि न्यौपाने भन्छन् “जनता करतिर्न लालाईत छन् तर जनप्रतिनिधी लाई जनताको स्वस्थ्य प्रति कुनै मतलव छैन ” ठक्का लागेको तिन ३ वर्ष हुदापनि सडक निर्माणको काम किन भएन त ?
सडक निर्माणको जिम्मा लिएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भी प्रोप्राईटर संजिव कुमार शाहाका अनुसार खोला बन्द भएका कारण सडक निर्माणका लागी आवश्यक कच्चा पदार्थ नपाएर काम नभएको खोला खुल्लासाथ सडक निर्माणको काम सुरुगर्नै बताउनुभयो ।