कमल ।कमल गाउँपालीका को केर्खा ,क्याम्पा बजार हँुदै बैगुनधुरा सम्म जोड्ने सडक निर्माणका लागी ठेक्का पाएको निर्माण कम्पनिले समयमा काम नगरेका कारण पहिलो ठेक्काको रकम फ्रिज भएको छ ।
सडक निर्माणका लागी ठेक्कालिएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भीले पहिलो पटक कम नगरी ३ वर्ष अगाडी ठेक्का लागेको रकम ६ करोड ३३ लाख फ्रिज बनाए पनि पुन सोहि निर्माण कम्पनि लाई ७ करोड २३ लाख ८० हजार अथवा पहिलो पटको रकम भन्दा ९० लाख ८० हजार बढी रकममा दोश्रो पटकका लागी सडक निर्माणको ठेक्का दिएको छ ।
दोश्रो पटक ठेक्कालागेको चार महिना वितिसक्दापनि सडक निर्माणको कुनै काम नगरेका कारण आक्रोसित बनेका स्थानिय वसिले आईतवार कमल गाउँपालिकाको कार्यलय घेराउ गरेका थिए ।
पहिलो पटक ठेक्का लिएर रकम फ्रिज बनाएको निर्माण कम्पनिलाई पुन दोश्रो पटक ठेक्का दिनु र एतिका दिन सम्म सडक निर्माणको कामसुरु नगर्नाले पुन दोश्रो पटकको रकम समेत फ्रिज हुने त होईन भन्नेमा उपभोक्त ससंकित हुन थालेका स्थानिय रामचन्द्र बरालले बताए ।
सडक निर्माण गर्ने भन्दै भएको कालोपत्रे भत्काएपछि त्याहाँ बाट निस्किएको धुलोका कारण आजित भएका स्थानिय वासिले के कारणले सडक निर्माण सुरु नभएको हो ? कारण पत्तालगाई तुरुन्त सडक निर्माणको काम सुरुगर्न निर्माण कम्पनिलाई दवाव दिन गाउँपालिका घेराउ गरेको बताए ।
सर्वपक्षिय भेला बाट ठेकदारका तर्फबाट सोमवार( मंसिर २ गते बाट ) देखी निर्माणको काम सुरुगर्ने र धुलो नियन्त्रण गर्न सडक नियमित पानि हाल्ने प्रतिबद्धता जाएको छ त्यसैगरी ठेक्का लगाउने पुर्वाधार विकास कार्यलय बाट तोकिएको समयमा लागत ,गुणस्तर, र परिमाणमा चालु आर्थिक वर्षको अत्यसम्ममा निर्माण सम्पन्न नगरे निर्माण कम्पनिलाई सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अनुसार कार्यवाही गर्ने निर्णय भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवस श्रेष्ठले बताए ।