झापाको केर्खामा आज एउटै मन्च बाट तिन वटा कार्यक्रमको उद्घाटन गरिएको छ ।
उद्घाटन गरिएका कार्यक्रम मध्ये पहिलो कार्यक्रम अन्तरगत कमल गाउँपालिका वडा नम्वर ३ को नयाँ कार्यलय भवनको निर्माण सम्पन्न पछि भवन निर्माण समितीका अध्यक्ष शेलिना राई द्वारा भवनको चावि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरिएको थियो ।
त्यसपछि अध्यक्ष काफ्लेले सो भवनमा सन्चालन हुने वडा नम्वर ३ को कार्यलयको व्यानर वाचन गरेर उद्घाटन गरेकी थिईन । त्यस लगत्तै सोहि भवनमा सन्चालन हुने आधारभुत स्वस्थ्य केन्द्रको समेत अध्यक्ष काफ्लेद्वारा उद्घानट गरिएको थियो ।

कार्यलयको उद्घाटनपछि बोल्दै अध्यक्ष काफ्लेले गाउँपालिका सबै वाडामा आफ्नै भवन गर्ने र निर्माणगर्ने लक्षका साथ अगाडी बढी रहेको बताईन् । यसका साथै गाउँपालिकाको प्रवेश द्वार केर्खा बजारलाई समेत सुन्दर बनाउनका लागी प्रदेश सरकार संग कुरा भैसकेको र छिट्टै निर्माणकार्य सुरुगरिने समेत काफ्लेले जानकारी दिईन्।

कर्मचारी भनेको गाडीको ईन्जिन हो स्थानिय वासिभनेको चालकहो जसरि चालकले गाडी नियन्त्रणमा लिएर सहिदिशातर्फ दौडाउन्छ त्यसैगरी तपाईहरुले कर्मचारीलाई दौडाउन सक्नु पर्छ तवमात्र विकास हुन्छ नत्र कर्मचारीको भरमा मात्र केहिनहुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए
कार्यक्रममा प्याप्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरिमान फागो, नेकपा कमल गाउँपालिका अध्यक्ष भिमप्रसाद राई,मनबहादु थलुङ्ग लगायतले बोलेका थिए ।
कमलगाउँ पालिकाको १२ लाख र प्रदेश सरकारको २५ लाख गरि जम्मा ३७ लाख रुपैयाको लागतमा ३ तालाको ९ कोठे भवन निर्माण गरिएको छ । सो भवनको भुईतलामा आधारभुत स्वस्थ्य केन्द्र , जेष्ठ नगरिकको कार्यलय र खोपकेन्द्र रहने छ भने दोश्रो तलामा वडा नम्वर ३ को वडा कार्यलय र तेश्रो तलामा प्रमुख प्रशासकिय अधिकृतको निवास रहने कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले बताए ।
कार्यक्रम भवन निर्माण समितीका सचिव विरेन्द्र अधिकारीले सन्चालन गरेका थिए ।