कमल ÷ कमल गाउँपालिका वडा नम्बर ३ केर्खा स्थित जागरुक कृषि सहकारि सस्थाले आज एक कार्यक्रमका बिच आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कमल गाउँपालिकामा रहेका सहकारिले सस्थाको उद्येश्य अनुरुप कामनगरेको प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गुनासो गरीन।
उनका अनुसार सहकारीले नाम र उद्येश्य अनुसार काम नगरेको बताउदै सबै सहकारीले बचत र कर्जाको मात्र कारोवार गरेकोले त्यसो नगर्न अध्यक्ष काफ्लेले सहकारीकर्मिलाई सुझाव दिएकि हुन् । गाउँपालिकाले व्यवसाय प्रवर्धन कोषमा २ करोड रुपैया विनियनेजन गरेको छ । त्यो रकम सहकारी मार्फत सदस्य माझ विना व्याजमा व्यवसाय प्रवद्र्धनकालागी लगानि गर्नेको त्यसैले आफ्नो नाम र उद्येश्य अनुसार सहकारिले कारोवार गरेमात्र सदस्यलाई सेवा पुग्ने काफ्लेले बताईन।

कार्यक्रममा अतिथी क्यान हमासंघ झापाका अध्यक्ष राजु श्रेष्ठ, कमल उद्योग वाणिज्य संधका अध्यक्ष तथा संचारकर्मि उमानाथ भण्डारी, सहकारिकर्मि लिलाकान्त भट्टराई लगायतले चौथो वर्षिक साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम वाल बचततर्फ रामेश्वर तिमल्सिना, उत्कृष्ट कारोवारमा उर्मिला श्रेष्ठ, र तारा मग्राती, सामाजिक अभियान्ता भुमिका नेपाल नियमित बचत तर्फ जेष्ठ नागरि बचत लगाय एक दर्जन भन्दा बढी व्याक्ति लाई सम्मान तथा पुस्किृत गरिएको सस्थाले जनाएको छ ।
सस्थाका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विवश वलिभद्र कोईरालाले सन्चालन गरेका थिए भने कृष्ण प्रसाद ओझाले स्वगत मन्तव्य राखेका थिए ।