कमल ÷ वरीपरि पहाडले घेरिएको कन्काई नदिको किनारामा रहेको धार्मिक तथा पर्यटकिय स्थान दोमुखाले हिउँद लाग्नासाथ वनभोजका लागी सबैलाई लोभ्याउने गर्दछ ।
यस ठाउँमा कर्मचारी ,विध्यार्थि , विभिन्न संघसस्था तथा व्याक्तिगत रुपमा समेत वनभोजखान जानेगरेका छन् ।
हरेक वर्ष मंसिर लाग्ना साथ वनभोज जानेहरुले वनभोजस्थाल दोमुखा भरिभराउ हुनेगरेको छ । त्यसमा पनि शनिवार खुट्टाटेक्ने ठाउँ पाउन नै मुस्किल ।

सधै कार्यलयमा व्यस्तहुने कर्मचारी समेत शनिवार विदाको दिन रमाईलो गर्न झापाको धार्मिक तथा पर्यटकिय स्थान दोमुखा पुग्ने गरेका छन् ।
वर्षभरी एकैकिसिमको काममा व्यस्तरहने कर्मचारी लाई यस्ता वनभोज कार्यक्रमले कर्मचारीको दिमागमा ताजापन ल्याउछ भने अर्को तर्फ कर्मचारी बिच आत्मियता बढ्ने भएकोले सेवा प्रवाहमा समेत राम्रोे हुन्छ । अर्कोतर्फ यस्ता कार्यक्रमले देशभित्र ओझेलमा परेका धार्मिक तथा पर्यटकिय स्थानलाई समेत प्रवद्र्धनगर्दै नेपाल सरकारले आयोजना गरेको भ्रमण वर्षलाई सफलपार्न ठुलो मद्दत पुग्ने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ बताउछन् ।

यस्ता बनभोज कार्यक्रमले कार्यलयमा रहेका नयाँ तथा पुराना कर्मचारीविच सम्बन्धबढ्ने जसले गर्दा कार्यलयको काममा अझ सहज हुने कमल गाउँपालिकाका प्रशासन सहायक पर्वत भण्डारी बताउछन् ।
नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको छ त्यसलाई सफलपार्नपनि यस्ता कार्यक्रमले सहयोग पुग्ने डिभिजन वन कार्यलय ईलामका लेखा अधिकृत युवराव बराल बताउछन् ।
उनका अनुसार विदेशबाट आउने पर्यटकलेमात्र नेपालमा रहेका धार्मिक तथा पर्यटक स्थालको विकास सम्भव हुदैन त्यसैले आन्तरिक पर्यटन प्रवद्र्धनका लागी यस्ता कार्यक्रमले सहयोग पुग्ने बरालको भनाई छ ।

स्थानियतहमा ओझेलमा परेका धार्मिक तथा पर्यटकिय स्थालाई प्रचारप्रसार गर्ने अवसरको रुपमा वनभोज कार्यक्रमलाई लिने गरिएको छ । यस्ता कार्यक्रमको आयोजनाले नेपालभ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने कमल गाउँपालिका महिला तथा वालवालिका शाखाका प्रमुख रेनुका गौतम बताउछिन् ।
सधै एकैखालका कामगर्ने कर्मचारी लाई यस्ता कार्यक्रमले पुर्नताजकी बनाउन कर्मचारीबिचको प्रगाड सम्बन्धले कार्यलयको काममा पनि सहयोग पुग्छ भने नेपाल भ्रमण वर्ष लाई सफल पार्न समेत थप सहयोग पुग्ने गौरिगंज गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र बताउछन् ।