कमल । “स्वयम्सेविका, स्वस्थ्य प्रवर्धनमा अहम भुमिका ”भन्ने नाराका साथ आज १६ औ स्वयम्सेविका दिवस भव्यताका साथ मनाईएको छ ।
यसै अवसरमा कमल गाउँपलिकाले समेत दिनरात, पानीझरी नभनी जनताको सेवामा खटिने कमल गाउँपालिमा कार्यरत २४ जना स्वयम्सेविका लाई एक एक थान साईकल वितरण गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले जानकारी दिए ।
गाउँपालिकामा कार्यरत स्वयम्सेविका लाई केन्द्र सरकारले उपलव्ध गराउदै आएको सेवासुविधा वाएक गाउपालिकाले बैठक भत्ता वापत मासिक १ हजार र ६० वर्ष उमेर पुरा भएपछि ५० हजार रुपैया उपलव्ध गराउनुका साथै उनिहरुको वृद्धि विकासका लागी एकमुष्ट २ लाख रुपैयाको कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् ।