कमल गाउँपालिका द्वारा अगुवा कृषकलाई कृषि सामाग्री तथा मेसिनरी औजार वितरण

कमल । झापाको कमल गाउँपालिका कृषि विकाश शाखाको आयोजनामा अगुवा कृषकलाई कृषि सामाग्री तथा मेसिनरी औजार वितरण गरेको छ ।
गाउँपालिकाको ५०प्रतिशत अनुदान तथा समुह समिती र कृषकको ५० प्रतिशत साझेदारीमा वितरण गरिएका सामाग्री अन्तरगत मकै छोडाउने मेसिन १० थान, सिचाई मोटर १९ थान, मकै रोप्ने मसिन ८ थान मल्चिङ्ग प्लाष्टिक ३१ जना लाई वितरण गरिएको कमल गाउँपालिका कृषि विकाश शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is 1-1-1024x768.jpg


सामग्री वितरण पछि गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकामा व्यापसायिक रुपमा खेतिगर्ने कुनैपनि कृषकलाई सिचाई तथा मेसिनरी सामानका अवाभमा खेतिगर्न बाट बन्चिन हुनु नपरोस भनेर कृषकलाई विभिन्न सामाग्री वितरण गरिएको बताईन् ।
गाउँपालिका लाई कृषिमा आत्मनिर्भर बनाउने उद्येश्यका साथ आफु निर्वाचित भएर आएपछि कृषक समस्या पैचानगरी गतवर्ष देखीनै अनुदानमा विभिन्न साम्रागी बतिरण गर्नेकार्य सुरुगरेको अध्यक्ष काफ्लेले बताईन् ।

This image has an empty alt attribute; its file name is 2-1-1024x768.jpg


कृषिमा आधुनिकीकरण,व्यासायिकीकरण र यान्त्रिकरणका लागी गाउँपालिका सदैब तयार छ , त्यसै अनुसार यस आर्थिक बर्षको कार्यक्रम अनुसार कृषकलाई साम्रग्रि तिरण गरेका हौ यसले कृषकलाई खेतिगर्न सहज हुनुका साथै उत्पादनमा समेत वृद्धिहुने उपाध्यक्ष बेनु सिवाकोटीले बताए ।
परम्परागत तरिकाले गरिने खेती बाट समयधेरै लाग्ने र उत्पादनमा समेत कमि हुने भएकोले मेसिनबाट छिटो हुनुका साथै उत्पादनमा समेत वृद्धिहुने कमल गाउँपालिका वडा नम्बर ६ स्थित सुर्योदय कृषक समुहका सदस्य कृषक तुलसी बाँस्कोटाले बताए ।


हिउँदे खेतीका लागी सचिाईको समस्य भोग्दै आएका कमल गाउँपालिका वडा नम्बर ५ र ६ स्थित हातेमालो कृषक समुहका सदस्यलाई गाउँपालिका द्वारा ५० प्रतिशत अनुदानमा मोटर पाएपछि सिचाईमा सहज हुनुका साथै उत्पादनमा समेत वृद्धिहुने समुहकी सदस्य विमला पौडेल (काफ्ले) ले बताईन् ।

This image has an empty alt attribute; its file name is r5-1024x576.jpg


गाउँपालिकामाले कृषिमा आधुनिकीकरण , व्यासायिकीकरण र यान्त्रिकरणका लागी हरेक वर्ष ठुलो रकम खर्च गरेपनि बजारीकरणको समस्याका कारण कतिपय कृषक यो व्यवसाय छोड्न बाध्य भएका छन् त्यसैले अवका दिनमा गाउँपालिकाले उत्पादनका साथसाथै बाजारिकरणका लागी पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको छ ।

Back to top button