बहुजातीय साँस्कृतिक मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन दमकमा हुने

कमल । राष्ट्रिय जनमुक्तिपाटीको भातृसंगठन बहुजातीय साँस्कृतिक मोर्चाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुराभएको छ ।
यहि मंसिर २७,२८ र २९ गते दमकमा सम्पन्न महाधिवेशनको समपुर्ण तयारी पुरा भएको आज पत्रकार मञ्च दमकको कार्यलयमा भएको पत्रकार भेट कार्यक्रममा मोर्चाका केन्द्रिय अध्यक्ष कैलाश थापाले जानकारी दिए ।
“राष्ट्र,राष्ट्र राज्य निर्माणमा सबै जाति, सबै भाषा,धर्म,सँस्कृति सबै समान,बहुजाति साँसकृतिक पहिचान संरक्षण, सम्वद्र्धन गर्ने हाम्रो राष्ट्रिय अभियान” भन्ने नाराका साथ दमक स्थित किराँत भवनमा हुने सम्मेलनमा देश भरिवाट आएका प्रतिनिधीले दमक घोषणापत्र जारिगर्दै दोश्रो कार्यकालकालागी ४९ सदस्य नयाँ नेतृत्व समेत छनौट हुने पत्रकार भेटघाट कार्यक्रममा थापाल जानकारी गराए ।
सबै समुदायको भाषा,धर्म, सँस्कार,सँस्कृतिको संरक्षण सम्बद्र्धनका लागी आदिवासी÷ जनजाती, दलित, महिला, मुस्लिम, मधेशी, उत्पिडित, अल्पसंख्यक, पिछडावर्ग, लोपोन्मुख, सिमान्तकृत लगायत सम्पुर्ण समुदायको आवाजलाई कला संगित र साहित्यको माध्यमबाट आवाज वुलन्द गर्दै पुर्ण संघियता सहितको बहुजातिय लोकतान्त्रिक समाजवाद स्थापना गर्न समेत सम्मेलनले सहयोग पुग्ने जनाईएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमुक्तिपाटीका केन्द्रिय सचिव पदम जवेगु, झापा जिल्ला अध्यक्ष पर्शुराम मगर लगात झापा,ईलाम, मोरङ्ग र सुनसरि जिल्ला लगायत पाटिका प्रतिनिधी विभिन्न भातृसंगठन नेता तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

Back to top button