कमल । निजी तथा आवाशीय विध्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) कमलले आज विभिन्न विधामा नृत्य तथा गायन प्रतियोगिता २०७६ सम्पन्न गरेको छ ।
प्याव्सन कमलको वार्षिक नियमित साँस्कृतिक कार्यक्रम अनुसार आज सम्पन्न प्रतियोगितामा सिनीयर तर्फको गायन प्रतियोगिता निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल कमल ३ ले जितेको छ ।
त्यसैरीे हिमाली ईङ्गलिस वोडिङ्ग स्कुल कमल ५ द्वितिय र फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल कमल ४ तृतिय भएको छ आयोजकले जनाएको छ ।
जुनियर तर्फ फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल कमल ४ प्रथम भएको छ भने द्वितिय निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल कमल ३ र तृतिय लालिमा आवाशिय माध्यमिक विध्यालय कमल ३ भएको प्याव्सन कमलले जनाएको छ ।

प्रतियोगितामा सिनीयर तर्फको गायनमा निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल प्रथम कमल ३ प्रथम भएको छ भने हिमाली ईङ्गलिस वोडिङ्ग स्कुल कमल ५ द्वितिय र फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल कमल ४ तृतिय भएको छ । त्यसैगरि जुनियर तर्फ फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल कमल ४ प्रथम भएको छ भने द्वितिय निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल कमल ३ र तृतिय लालिमा आवाशिय माध्यमिक विध्यालय कमल ३ भएको आयोजकले जनाएको छ ।
त्यसैगरि नृत्य तर्फ तिन विधामा कार्यक्रम भएको थियो जस अन्तरगत आधुनिक नृत्यमा प्रथम द्वितिय र तृतिय क्रमस निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल कमल ३, लालिमा आवाशिय माध्यमिक विध्यालय कमल ३ र स्टार वोडिङ्ग स्कुल कमल ६, भएका छन् । त्यसैगरी राष्ट्रभक्ति नृत्यतर्फ समेत प्रथम द्वितिय र तृतिय क्रमस लालिमा आवाशिय माध्यमिक विध्यालय ,हिमाली ईङ्गलिस वोडिङ्ग स्कुल कमल ६, फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल भएको आयोजक प्याब्सन कमलले जनाएको छ ।

त्यसैगरीे परम्परागत साँस्कृती झल्किने नृत्य प्रतियोगितामा प्रथम लालिमा आवाशिय माध्यमिक विध्यालय द्वितिय पाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुलकमल २ र तृतिय फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल भएको आयोजकले जानकारी दिएको छ ।
प्याव्सन कमलका अध्यक्ष बदिराम राईको अध्यक्षतामा भएको कार्यक्रममा पानसमा बत्ति बालेर कार्यक्रमकाको उद्घाटन पछि बोल्दै प्रमुख अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीले शिक्षामा निजीक्षेत्रले पुर्याएको योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले विध्यार्थिको पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा थप सहयोग पुग्ने बताउनुभयो ।
त्यसैगरी विषेश अतिथी प्याव्सन झापाका अध्यक्ष लक्ष्मिप्रसाद उप्रेती, उपाध्यक्ष तथा प्याव्सन कमलका साँस्कृत समितीका संयोजक रामहरी घिमिरे, अतिथी कमल गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तारा प्रसाद न्यौपाने, प्याव्सन झापाका सचिव जनार्दन ढकाल, सहकोषध्यक्ष उपेन्द्र निरौला, सदस्य द्वय झरेन्द्र खतिवडा र पारसमणी नेपाल ,नेपाल शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल लगातयको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्याव्सन कमलका सचिव जिवन सापकोटा र सदस्य तिलोचन आचार्यले सन्चालन गरेका थिए ।