कमल । किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाको आयोजनामा आज झापाको केर्खा विविध कार्यक्रम सहित चेसोक तङ्नाम (न्वाङ्गी पुजा उद्यौली पर्व भव्यता का साथ सम्पन्न भएको छ ।

किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाका अध्यक्ष पुण्यकुमार सम्वाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कुमार लिङ्गदेन विषेश अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटी लगागतले “चेसोक तङ्नामका बारेमा बोल्नुभएको थियो ।

प्रकृतिमा भएका विभिन्न परिवर्त अनुसार बैशाखे पुर्णिमा उभौली र मंसिरे पुर्णिमामा उद्यौलि को पुजा गरेर विभिन्न कार्यक्रम गरिरे कार्यक्रमका अन्तरगत उद्यौली पुजागरी “चेसोक तङ्नामका मनाईएको किराँत याक्थुङ् चुम्लुङ् कमल गाउँपालिकाका सचिव ईन्द्र वहादुर सदेम्वा लिम्बुले जानकारी दिए ।

कार्यक्रममा छेलो हान्ने, च्यावब्रोङ्ग,पालङ्ग लगातका प्रस्तुतिका साथै राष्ट्रिय तथा स्थानीय कलाकार बाट गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।
