कमल गाउँपालिकाले विविध कार्यक्रमगरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने

उमानाथ भण्डारी

कमल । यो वर्षको २२ औँ साष्ट्रिय भूकम्प सुरक्षा दिवस झापाको कमल गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने भएको छ ।
वि.सं. १९९० साल माघ २ गते भूकम्प गएको दिनलाई सम्झना गरेर हरेक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।
भूकम्प सुरक्षा दिवस कमल गाउँपालिकाको आयोजना कारितास नेपालको सहयोगमा विभिन्न कार्यक्रमगरी मनाउने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जाकारी दिए ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले भूकम्पीय जोखिम न्यूनिकरणका लागी अपनाईने विभिन्न उपाय र भवन निर्माणगर्दा अपनाउनुपर्ने सावधानीका बारेमा प्रदर्श गर्ने जनाईए छ ।
कार्यक्रममा माघ २ गते १० बजे कमल गाउँपालिका ३ केर्खा बजारमा प्रदर्शनि र ३ गते कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विद्यालयको सभाहलमा भुकम्प गएको बेला अपनाईने विभिन्न उपाय र भवन निर्माणगर्दा अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गरिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जाकारी दिए ।
कमल गाउँपालिका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष,कारितास नेपालका दमकशाखा प्रमुख देवेन्द्र पोख्रेल, नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाका सभापति चन्द्र शर्मा सुरक्षा निकाय पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
्२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान लिएको थियो ।
भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरै पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन । नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ ।
पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भएका थिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित देश निर्माणको अभियानमा रहेको बताउनुभएको छ । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकार सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित देश निर्माणको अभियानमा लागेको बताएका छन् ।

Back to top button