पुर्व जेसीज अध्यक्ष दाहाल लाई पत्नि शोक

कमल । कमल नगर जेसीज वर्ष १७ का अध्यक्ष र कमल उद्योग विणिज्य संधका कार्यसमिती सदस्य राम प्रसाद दाहाललाई पत्नि शोक परेको छ ।
दाहालकी ४१ विर्षिय श्रीमती तथा कमल नगर जेसीजकी स्थापनाकालकी सचिव उमा ढुङ्गेल(दाहाल) को शुक्रवार विहान साडे आठ बजे उपचारका क्रममा विर्तामोड स्थित वि एण्ड सि अस्पतालमा मृत्यु भएको हो ।
सामान्य झाडा पखाला लागेर विरामी भएकी दाहालको स्थानिय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागी विर्तामोड स्थित वि एण्ड सि अस्पतालमा लगिए पनि यहाँलाई बचाउन नसकिएको मृतकका श्रीमान् राम प्रसाद दाहालले बताए ।
उनको शुक्रवार नै कन्काईनदीमा दाहासस्कार गरिएको परिवारले जनाएका छन् । उनका १ छोरा र १ छोरी छन् ।

Back to top button