वल्क नेपाल( हिड्डुल) ले आज दमकमा पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने भएको छ ।
सस्थाका अध्यक्ष खड्ग श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल सरकारले सन्चालन गरेका विभिन्न कार्यक्रममा सहभागी जनाई सहयोग पुर्याउने जनाएको छ ।
कार्यक्रममा नेपाल भ्रमण वर्षको माध्यम बाट पर्यटन विकास गर्ने र भविश्यमा पर्यटनलाई व्यवसायमुखी बनाउन वेरोजगार युवालाइ अग्रसर बनाई विभिनन कार्यक्रम गर्न लागीएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रदेश १ नम्वर लाई पर्यटकिय गन्तव्यको रुपमा स्थापित गर्दै १४ वटै जिल्लामा रहेका ऐतिहासिक र प्राकृतिक क्षेत्रलाई प्रवद्र्धन गर्न पर्यटनसग सम्वन्धित विभिन्न कार्यक्रम गरिने कार्यक्रम संयोजक मनिश लिम्बुले बताए ।
उनका अनुसार यहि पुस १९ गते कमल गाउँपालिक ३ स्थित शहिद गेट देखी दमक नगरसम्म साईकल र्यालिको आयोजा गर्ने । शिवसताक्षी नगरपालीकाको दोमुखामा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने लगायतका कार्यक्रम गर्ने संयोजक लिम्बुले बताए ।
नेपालमा पर्यटनको ठुलो सम्भावना छ । यस लाई सफल पार्न सबैले आ आफ्नो क्षेत्र वाट लागेमा सफल हुने होटल व्यवसायी संघ माईपश्चिमका अध्यक्ष राजन दंगालले बताए ।