कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय हिक्मत कुमार कार्किले ठेकेदारले कामगरेको वापतको रकम भुक्तानी दिनका लागी आफुसग प्रशस्त बजेट भएकोले ठेकेदार कम्पनिलाई आफुले निर्माणका लागी जिम्मालिएको काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सो कुरा आज कमल गाउँपालिका वडा नम्बर ३ स्थित साम्राको मिल हुदै वोहोरा ,टोल बगानेटोल सिसा बाँध हुँदै क्याम्पा जोड्ने सडकको शिलान्यास पछि आफ्नो मन्तव्यका क्रममा मन्त्रि कार्किले सो कुरा बताएका हुन् ।

केठेदारले ठेक्कालिने र रकम अभाव देखाउदै समयमा काम सम्पन्न नगरेकोले पाटी र सरकार बद्नामभएको प्रति लक्षित गर्दै मन्त्री कार्किले त्यस्ता ठेकेदारलाई आफुले जिम्मा लिएको काम समयमा सक्नुहोस र भुक्तानी लानुहोस । समयका काम नसक्ने र रकम अभाव लगायत विभिन्न समस्या देखाएर समयमा काम पुरा नगर्ने ठेकदारलाई कार्वाहीका लागी कानु निर्माण हुदैगरेको समेत मन्त्री कार्किले बताए ।

आफुसंग भेट हुना साथ कमल गाउँपालिकाको विकास निर्माणका लागी प्रधानमन्त्री केपी ओलीले चासो साख्ने गरेको हुनाले सबैकाम समयमा पुरा गरिसक्नु पर्ने र ति कामको अनुगम कमल गाउँपालिका जनप्रतिनिधीले गर्न मन्त्री कार्किले निर्देशन समेत दिए ।
कतिपय सडक मापदण्ड नपुगेका कारण गाउँपालिकाले बजेट छुट्याउन सकेको छैन । त्यस्ता सडकलाई उपभोक्ता आफैले मापदण्ड पुर्याउन कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सुझाब दिईन
्उनका अनुसार मापदण्ड नपुर्याई सडक छेउमा निर्माण गरिएका पक्कि संरचना भत्किने हुनाले समयमा विचार प्र्याउन त्यस्ता संरचना निर्माण गर्न जनतालाई काफ्लेले अनुराघ गरिन् ।
आफ्नै घरअगाडी निर्माण हुन लागेको सडकको सबै भन्दा ठुला अनुगमनकर्ता उपभोक्ता आफै भएकोले निर्माणधिन सडको राम्रो सग हेरविचार गर्न समेत अध्यक्ष काफ्ले उपभोक्तालाई बताईन्
. तराई मधेश सम्वृद्धिकार्यक्रम अन्तरगत निर्माण हुन लागेको सडक निर्माणको जिम्मा विर्तामोड स्थित झापाली ईन्टरनेसनल ईन्जिनियरिङ्ग एण्ड विल्डर प्रालीले भ्याट बाहेक ५१ लाख ४८ हजार ७ सय ५० रुपैयामा ठेक्का पाएको हो । निर्माणाधिन कालोपत्रे सडकको लम्वाई १ हजार १ सय मिटर रहने छ भने चौडाई ५ मिटर रहने छ । २०७६ साल मंसिर २३ गते संझौता भएको सडक २०७६ चैत १२ गते निर्माण सम्पन्न गरि सक्नुपर्ने कमल गाउँपालिकाका ईन्जिनियर शुनिल थापाले जानकारी दिए ।