कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यलय रहेको श्री नवोदय वहुउद्येश्यिय सहकारी सस्था लिमिटेडले आज बुधवारे शाखा बाट बचत तथा ऋण कारोवारको विधिवत रुपमा सन्चालनमा ल्याएको छ ।
२०५५ सालमा स्थापना भएको रहकारीले जिल्लाभर सन्चालनमा आएका आठ ओटा शाखा मध्ये अन्य शाखामा यस अघिनै बचत तथा ऋणको कारोवार सन्चलन गर्दै आईरहेको सस्थाले जनाएको छ ।
कार्यक्रम प्रमुख अतिथी बुद्ध शान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईले कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा सहकारीले सदस्यको भावना अनुसार कामगरे मात्र सदस्यको मन जित्न सफलहुन बताए ।

सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले सस्थाको हाल सम्मको गतीविधी र सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।
सहकारी र लघुवित्त गरी दुईवटा कार्यक्रम मार्फत सदस्य विच कारोवार गर्दै आएको सहकारीले २०७२ साल बैशाख १ गते बाट बुधवारेमा लघुवित्त तर्फ कार्यक्रम सन्चालन गरिरहेको सस्थाका व्यवस्थाक फणिन्द्र बहादुर कार्किले जनाकारी दिए ।
बुधवारे सेवा केन्द्र अन्तरगत हाल सम्म १ हजार १ सय ६१ जना सदस्य रहेका छन । उनिहरुवबाट हाल सम्ममा ६५ लाख ५४ हजार ३ सय रुपैया शेयर रकम जम्मा भएको छ । सदस्य बाट १ करोड ६२ लाख ८६ हजार ४९० रुपैया बचत संकलन भएको छ भने लगानी तर्फ ३ करोड ५६ लाख ७४ हजार ४६१ रुपैया रहेको व्यवस्थापक कार्कि जानकारी दिए ।

सस्थाले प्रदान गर्ने सेवा अन्तरगत बुधवारे शाखामा सदस्य मृत्यु सुविधा बापत ७९ लाख ४हजार ४ सय रुपैया पतिको मृत्यु सुविधा ५ लाख ७ हजार ६८० रुपैया सदस्य लाई औषधी उपचार बापत १६ हजार ५ सय, प्सुति सुविधा १ लाख ४१ हजार आवास सुविधा ४ हजार रुपैया वितरण गरेको सस्थाले जनाएको ।
सेवाकेन्द्र सन्चालक समितिका संयोजक खगेन्द्र बारकोटीको अध्यक्षतामा भएको कार्यक्रममा हातेमालो सहकारी सस्थाका अध्यक्ष गोविन्द पौडेल,बुधवारे वातावरण संरक्षण साितकिा अध्यक्ष भिम निरौला सेवाकेन्द्र सन्चालक समितिका सदस्य मनमाया पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए भने लेखा समिती संयोजम डम्बर पौडेलले स्वगत मन्तव्य राखेका थिए । सस्थाका कर्मचारी रविन सुव्बाले कार्यक्रम सन्चालन गरेका थिए ।