उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिकामा सन्चालीत पुर्ण सरसफाई कार्यक्रमले तिव्रता लिएको को छ ।
आफु मात्र सफा भएर हुदैन परिवार,घर ,आँगान,शौचालय र सडक समेत सफागर्नु पर्छ भन्ने उद्येश्यका साथमा सन्चालन गरिएको पुर्ण सरसफाई कार्यक्रम कमल गाउँपालिकाका विभिन्न टोलमा सन्चालन भैरहेका छन् ।
कार्यक्रम सन्चालन भएका टोल मध्ये गाउँपालिकाको वडा नम्बर १ स्थित ढ्याग्री सुनारा टोल विकास समीतीमा आवद्ध १ सय २६ घरधुरी अहिले पुर्ण सरसफाई अभियानमा तिब्रताका साथ जुटेका छन् ।

उनिहरुले आफ्नो घर आँगन सरसफाई गर्नुका साथै आँगनको ढिलमा फुववारी बनाएका छन् । हिजो सम्म आँगन वरीपरि फुल नभएका घरमा अहिले फुल रोपि रकेका छन् भने कतिले फुल रोप्नका लागी तयारी गरिरहेका छन् यो सगै ६३ घरधुरीमा सुरक्षित सुधारिएको चर्पि निर्माणको काम समेत भैरहेको प्रस्तावित नमुना टोल विकास सस्थाका अध्यक्ष लक्षण कार्कि बताउछन् ।
यसका साथै घरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न बाँसको समाग्री बाट निर्मित डस्टविन तयार भैरहेको छ अवको केहिदिनमै प्रत्येक २ घरको विचमा एक थान ढस्टविन राखिने कार्यक्रम संयोजक उज्वल भण्डारीले जानकारी दिए ।
कमल गाउँपालिकाको अभियान र विराट सामुदायकि अध्यायन केन्द्रको प्राविधिक सहयोगमा सन्चालन भै रहेको अभियान अन्तरगत प्रत्येक धरधुरीले फुलवारी बनाउने , सुधारिएको शौचालय निर्माण गर्ने ट्युवेल को पानि खस्ने ठाउँमा ढलान गर्ने जस्ता काम भैरहेको ढ्याग्री सुनारा टोल विकास समीतीका अध्यक्ष श्याम कार्कि बताउछन् ।
पुर्ण सरसफाई भन्नेकुरा कुनै अभियान सन्चालन रहुन्जेल गर्ने होईन यसका लागी प्रत्येक नगरीक सचेत हुन आवश्यक छ । हरेक नागरिकले सरसफाई लाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । कार्यक्रम सन्चालन रहुन्जेल सरसफाई सम्बन्धि गतिविधी गर्ने त्यस पछि नगर्ने हो भने पुर्ण सरसफाईका नाममा गरििएको कार््यकम प्भभावकारिि नहुन सक्छ ।