राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ भव्यताका साथ मनाऔं

उमानाथ भण्डारी

८६ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा विहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २२ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
दिवसको अवसरमा यस वर्षको नारा “भुकम्पबाट सुरक्षित पुर्वाधार दिगो सुख र सम्वृद्धिको आधार ” तय गरिएको छ । राजनीतिक परिवर्तनपछिको आम चुनावबाट बनेका सरकार राज्यका तीनै तहमा हुँदा पनि भूकम्पीय सुरक्षाको क्षेत्रमा त्यति काम हुन सकेको छैन।
पछिल्लो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान जानुका साथै पुरातात्विक सम्पदा भत्किए।
पछिल्लो गोरखा भूकम्पको झण्डै पाँच वर्ष हुन लाग्दा पनि अझै पुनर्निर्माणले गति लिएको जस्तो देखिएको छैन । यस्तै भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको नेपालमा आउँदा विपदको तयारी पनि भएको देखिँदैन।

This image has an empty alt attribute; its file name is Banner_Earthquak-1024x683.jpg


हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालीएको २२ वर्ष भयो । यस्ता कार्यक्रमले जनमानसमा कत्तिको प्रभाव पर्दैछ की छैन यस विषयमा सोच्न जरुरी छ । वर्षमा एक दिन मनाईने यास्ता दिवसले समाज भूकम्प बाट हुन सक्ने जोखिकलाई न्यनिकरण गर्न कत्तिको सहयोग पुगेको छ सम्बन्धित निकायले यस विषयमा सोच्न आवश्यक छ । नत्र वर्षमा एक दिन धुमधामका साथ कार्यक्रम गरेको कुनै आर्थ लाग्दैन । भूकम्पमात्र यस्तो हो जो कुन बेला आउँछ र कति क्षति गर्छ भन्नेकुरा आजसम्म वैज्ञानीकले पत्तालगाउन सकेका छैनन् । पछिल्लो समय राज्य पुन संरचना भए संगै भूकम्पिय जोखिम न्युनिकरण प्रविधि अपनाएर संरचना निर्माण गर्नु पर्ने निती सरकारले जारीगरेपनि सर्वसाधरणले त्यो विधि अपनाएको देखिदैन ।
आजपनि जनमानसमा भूकम्पिय जोखिमको बारेमा चेतना दिन सकिएको छैन । अधिकाँस जनता अहिले पनि घर लगायत पक्कि संरचना बनाउदा पा्रविधिकको सरसल्लाहा विनै बनाउने गरेका छन् । उनिहरलाई प्राविधिक ल्याउदा लाग्ने दुईचार हजार खर्च जोगाउनका लागी विना प्राविधिक नै बनाउने गरेका छन् । भने कसैले जानीजानी पनि अनजान जस्तै गरिरहेका छन् । आखिरमा जे जसरी जोखिम निम्तिएपनि अन्त्यमा त्यसलाई समाधानगर्ने दाईत्व राज्यकै हो ।
त्यसैले भोलि हुनसक्ने जोखिम लाई न्युनिकरण गर्न आज बाटै लाग्न जरुरी छ । आउनुहोस सबैले काँधमा काँध मिलाएर राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ भव्यताका साथ मनाऔं र भोलि हुन सक्ने जोखिम लाई आजै बाट जोखिम न्युनकरण तर्फ एकजुट भएर लागौ ।

Back to top button