कमलमा विविध कार्यक्रम गरी २२ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवश मनाईयो

कमल । कमल गाउँपालिकाको केर्खा बाजरमा आज दिउसो भागाभाग मच्चियो भुकम्प आएर आफ्नो घरमा मान्छे घाईते भएको भन्दै हल्ला गर्नासाथ साईरन बजाउदै एम्बुलेन्स हुईकियो भने नेपाल रेडक्रस सोसाईटीको उद्दार टोली मेडिकल टिम सहित घटना स्थालमा पुगेर घरभित्रबाट घाईतेलाई निकाल्दै उपचारगर्न थाल्यो ।
यो दृश्य वास्तविक घटना नभएर ८६ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमगरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने क्रममा कमल गाउँपालिकाको आयोजना कारितास नेपाल दमकको सहयोग र नेपाल रेडक्रस सोसाईटी लखनपुरको प्राविधिक सहयोगमा गरिएको कृतिम घटनामा आधारित दृश्य हो ।
यस वर्षको नारा “भुकम्पबाट सुरक्षित पुर्वाधार दिगो सुख र सम्वृद्धिको आधार ” नारा रहेको कार्यक्रमको उद्घाटन पछि बोल्दै भुकम्प आउदा जमिन कम्पन हुन्छ र त्यहिबेला संरचना ढल्छन् र त्यसले किचेर मान्छे भन्ने गरेको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुमन्त्रि हिक्मत कुमार कार्किले बताए।
नेपालमा हरेक ७० देखी ८० वर्षको अन्तरतलमा ७ देखी ८ रेक्टर स्केलको भुकम्प आउने बैज्ञानिकले बताए अनुसार त्यस्ता जोखिम बाट जोगिनका लागी यस्ता कार्यक्रम प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी उदय राना ले बताए । विपद् लगायत शिक्षा, युवालक्षित कार्यक्रम, कृषि लगायतका कार्यक्रम सन्चला गर्दै कारितासले यस वर्षको आईरहेको र यो राष्ट्रिय भुकम्प सुरक्षा दिवशमा पनि हाम्रो प्रस्तावलाई गाउँपालिकाले स्वकारेकोमा गर्भ लागेको कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताए ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले मुकम्प आउदा मानव निर्मित संरचनाले मानिसको ज्यान जाने भएकोले अवका दिनमा भवन बनाउदा प्राविधिक सग को सल्लाहाअनुसार मात्र बनाउन सुझादिईन्

Back to top button