मन्दिरलाई धार्मिक तथा पर्यटकिय स्थलका रुपमा विकासगर्न स्थानिय जुटे

कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र सगै रहेको श्री किराँतेश्वर शिवपञ्चयान मन्दिरलाई धार्मिक तथा पर्यटकिय स्थलका रुपमा विकासगर्न स्थानिय जुटेका छन्
देशले भ्रमण वर्ष मनार्ईरहँदा यो ठाउका स्थानिय वासिपनि आफ्नो क्षेत्रमा रहेको धार्मिक स्थललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न कम्मर कसेर लागेका हुन् ।
यो क्षेत्र प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र सगै रहेको ले पनि यसको धेरै महत्व छ । यसलाई संरक्षण र प्रवद्र्धन गर्न नजिकै रहेको नेपाली सेनाको २१ नं वाहिनि अड्डा र दलका प्रतिनिधी सबै सगको सहकार्यमा अगाडि बड्ने योजना रहेको श्री किराँतेश्वर शिवपञ्चयान मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुमार खतिवडा बताउछन् ।
यसक्षेत्रलाई चुलाचुली गाउँपालिकाको प्रवेद्वारको रुपमा लिनेगरिन्छ याहाँ लथालिङ्ग रहेका होडिङ्ग बोडले यस क्षेत्रको रुप विगारेको छ । यसलाई व्यवस्थापनगर्ने पनि उत्तिकै आवश्यक छ । तरपनि यो कमल गाउँपालिका भित्र पर्ने भएकोले व्यवस्थापन गर्ने पहिले दाईत्व कमल गाउँपालिकाको हो । त्यसकालागी आवश्यक सहयोग गर्न आफु तयार रहेको चुलाचुली गाउँपालिका वडा न १ का वडा अध्यक्ष पुर्ण लावतीले बताए ।
कुनै पनि चिजको वाहिरी आवरण हेरेर त्यसको भित्रिकुरा थाहा पाउन सकिन्छ भने जस्तै यस ठाउलाई धार्मिक तथा पर्यटकिय स्थल बनाउनु भन्दा पहिले यसको वरिपरिको वातारण सफागर्न आवश्यक छ । नजिकै आउन लागेको सेना दिवस (शिवरात्रि ) को अवसरमा हाम्रो तर्फ बाट सरसफाई , वृक्षारोपण जस्ता कार्यक्रम गरेर सहयोग गर्न नेपाली सेना तयार भएको नं २१ वाहिनी अड्डाका वाहिनीपति डाक्टर आशबहादुर तामाङ्ग बताउछन ।
यो क्षेत्र पुर्व पश्चिम राजमार्ग सगै रहेकोले याहाँ आउन यातायातको राम्रो सुविधा छ । यसलाई संम्वर्धन र प्रवर्धन गर्न स्थानिय वासि ,जनप्रतिनिधी विभिन्न संघसस्थाका प्रतिनिधी जुट्न आवश्यक छ । तव मात्र यस क्षेत्र लाई विकास गर्न सकिने कमल गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य चक्र गुरुङ्गले बताउछन

Back to top button