कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापनाका लागी संझौता पत्रमा हस्ताक्षर

कमल १ नम्वर प्रदेशमा कृषकले अब आफुले उत्पादन गरेको कृषिउपज प्रशोधन गरी निर्यात गर्न सक्ने भएका छन् ।
विगतका दिनहरुमा कृषकले उत्पादन गरेको कृषिउपज प्रशोधन नगरि निर्यात गर्नुपर्ने अवस्था थियो जसका कारण कृषक ठगिदै आएका थिए । यस लाई व्यवस्थित गर्न नेपाल उद्योग वाणिज्य महासंघ र विर्तामोड नगरपालिका विच विर्तामोड नगरपालिकाको वडा न ं ८ मा कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र निर्माण गर्ने सम्वन्धि संझौतामा पत्रमा हस्ताक्षर गरिएको छ ।

This image has an empty alt attribute; its file name is we-1-1024x472.jpg


संझौतामापत्र विर्तामोड नगरपालिकाका तर्फबाट नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष उमेशलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
संझौतामा पत्रमा हस्ताक्षर भएको मितिले ६ महिना मित्र वृस्तृत लागत योजना (डिपिआर) तयार गरिसक्ने र कामसुरुगर्ने गरि संझौता पत्रमा हस्ताक्षर गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए
अहिले कृषकले उत्पादन गरेको बस्तुमा बिचौलियाको हालिमुहाली छ । कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थपना पछि विचौलियाबाट कृषकले छुटकारा पाउने छन् । कृषि उपज प्रशोधनगरि निर्यायत गर्न सकिने छ । भने स्थानियले रोजगारी समेत पाउने विर्तामोड नगरपलिकाका मेयर ध्रुवकुमार सिवाकोटी बताउछन् ।

This image has an empty alt attribute; its file name is rt-1024x472.jpg


एक जिल्ला एक उत्पादनलाई प्राथकिता दिदै कृषिजन्य बस्तुहरुको अन्तराष्ट्रिय बजारिकरण प्रवद्र्धनमा सघाउ पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यमकेन्द्रका सह सभापति हेमराज ढकाल बताउनुहुन्छ
कृषि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको स्थापना भएपछि वितामोड वासिलाई मात्र नभएर पुरै १ नम्वर प्रदेशका कृषकलाई फाईदा हुनेछ । यसको स्थापना गर्न संघ,प्रदेश र स्थानिय तहको सहयोग अनिवार्य हुन्छ । प्रवद्र्धन केन्द्रको स्थापना पछि एकातिर कृषकले आफुले उत्पादन गरेको बस्तुको उचित मुल्य पाउछन् भने अर्कोतर्फ रोजगारीका अवसरपनि उत्तिकै छन् ।

Back to top button