कमलमा प्रदेश स्तरीय साँस्कृतिक महोत्सव २०७६ सञ्चालन हुने

कमल । झापाको कमल गाँँउपालिकामा प्रदेश स्तरीय साँस्कृतिक महोत्सव २०७६ सञ्चालन हुने भएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजना र कमल गाउँपालिकाको व्यवस्थापनमा कमल ५ स्थित खेल मैदानमा महोत्सव हुने कमल गाउँपालिकले जनाएको छ ।
आगामी फागुन १६ हुने भनिएको साँस्कृतिक महोत्सवमा विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने नृत्य , प्रदर्शनहुने छन् ।
कार्यक्रममा जातिय एवं साँसकृतिक पहिचान झल्किने पोषाकमा उपस्थितभई प्रदर्शनिमा भागलिन कमल गाउँपालिका लगायत छिमेकी पालिकामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधी,सहकारी, कृषक समुह समिती ,टोलविकास सस्था, सम्पुर्ण राजनीतिकदल, किर्तन मण्डलि लगायत आम जनसमुदायमा कमल गाउँपालिकाका उपाध्यक्ष तथा साँस्कृतिक महोत्सव २०७६ मुल आयोजक समितीका संयोजक बेनुप्रसाद सिवाकोटीले पहिचान सहितको पोषाकमा सहभागीताको निम्ति अनुरोध गरेकाछन् ।
साँस्कृतिक महोत्सव २०७६लाई सफल पार्न विभिन्न उपसमिती समेत गठन गरिएको छ ।
जसमा उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीको संयोजकत्वमा सातै वडामा वडा अध्यक्ष र कार्यपालिकाका सदस्य,र गाउँपालिका स्थित विभिन्न संघसस्थका प्रमुख रहेको मुल आयोजक समिती गठन गरिएको छ ।
त्यसैगरी साँस्कृतिक उपसमितीको संयोजकमा उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी, मञ्च व्यवस्थान उपसिमिती संयोजकमा डम्वर बहादुर निरौला, स्वागत उपसमिती संयोजकमा प्रेम बहादुर राई,साँस्कृतिक उपसमिती संयोजकमा पृथ्वीपति राई,स्वयमसेवक उपसमिती संयोजकमामा नरेन्द्रप्रसाल भट्टराई,खानेपानी उपसमिती संयोजकमा तारा न्यौपाने,प्रचारप्रसार उपसमिती संयोजकमा केदार कटुवाल स्वस्थ्य उपसमिती संयोजकमा नरप्रसाद दंगाल, अनुगमन समिती संयोजकमा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले लगायका उपसिमिती बनाएर कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गाउपालिका लागेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा साँस्कृतिक महोत्सव मुल आयोजक समितीका सदस्य सचिव सुवास श्रेष्ठले जानकारी दिए ।

Back to top button