साँस्कृतिक महोत्सव २०७६को सम्पुर्ण तयारी पुरा

कमल । झापाको कमल गाँँउपालिकामा सम्पन्न हुने साँस्कृतिक महोत्सव २०७६ सम्पुर्ण तयारी पुरा भएको छ ।
महोत्सव मुल आयोजक समिती आज केर्खामा पत्रकार सम्मेलनगरी महोत्सवको सम्पुर्ण तयारी भएको जनाएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजना र कमल गाउँपालिकाको व्यवस्थापनमा कमल ५ स्थित प्रस्तावित अन्तराष्ट्रिय रङ्गशालामा आगामी फागुन १६ हुन लागेको महोत्सवमा विभिन्न जात जातिका साँस्कृतिक पहिचान झल्कने नृत्य प्रस्तुत गरिने मुलआयोजक समितीका संयोजक बेनु प्रसाद सिवाकोटीले बताउनुभयो ।
स्थानिय स्तरमा भएका कला सस्कृतीको जगेर्ना गर्दै भ्रमण वर्ष २०२० लाई सफल पार्न यो कार्यक्रमको आयोजना गरिएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु ।
त्यसैगरी कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमिती बनाएर कार्यक्रम कार्यक्रम तयारी भैरहेको छ । जसमा साँस्कृतिक उपसमितीको संयोजकमा पृथ्विपति राई, मञ्च व्यवस्थान उपसिमिती संयोजकमा डम्वर बहादुर निरौला, स्वागत उपसमिती संयोजकमा प्रेम बहादुर राई,साँस्कृतिक उपसमिती संयोजकमा पृथ्वीपति राई,स्वयमसेवक उपसमिती संयोजकमामा नरेन्द्रप्रसाल भट्टराई,खानेपानी उपसमिती संयोजकमा तारा न्यौपाने,प्रचारप्रसार उपसमिती संयोजकमा केदार कटुवाल स्वस्थ्य उपसमिती संयोजकमा नरप्रसाद दंगाल, अनुगमन समिती संयोजकमा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले लगायका उपसिमिती बनाएर कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गाउपालिका लागेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा साँस्कृतिक महोत्सव मुल आयोजक समितीका सदस्य सचिव सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button