कमल । फागुन ९ गते शुक्रवार साँझपख साथिहरु विच चिया पिउँदै गर्दा मित्र हिम प्रसाद दहालले भोली तेह्रथुमको आठराई जानकालागी साथिहरुले अनुरोध गर्दै हुनुहुन्छ गाडिको सिट अलिपछाडी परेकोले जान अलि अल्छि लागेको बताउनु भयो ।
कुरा सुन्नासाथ सगैका साथी तारा बराल र नविन लुईटेलले यस्तो अवसर छुटाउनुहोला झुण्डिएर भएपनि जान अनुरोध गर्नुभयो । यो संवाद सुन्दै जाँदा कताकता मलाई पनि जानपाए हुन्थ्यो जस्तो लाग्यो र तुरुन्तै होम थापालाई सम्पर्क गरे वहाँले सबै गाडी प्याक भएको तर दमक नगरपालिकाको गाडीमा एउटा सिट भएको जानकारी गराउनु भयो । मलाई जसरिपनि जनुथियो मैले सहमति जनाउदै वहाँ लाई धन्यवाद दिए ।

भोलिपल्ट फागुन १० गते १० बजे तिर हामि तेह्रथुमको आठराइ तिर लाग्यौं । साँझ ६ बजे फिदिम पुग्नासाथ प्रदिप ढुङ्गेल र नेत्रकुमारी ढुङ्गेलले स्कुसको तरुल र चियाले गरेको स्वगत भुल्नै नसकिने थियो । भोलिपल्ट फागुन ११ गते सम्माननिय प्रधानमन्त्रीको पहिले नै तय भएका कार्यक्रम मध्ये पहिलो कार्यक्रम थियो पाँचथरको यासोकामा खानेपानि आयोजनाको उद्घाटन त्यसपछि बाँकि कार्यक्रम तेह्रथुमको आठराईमा थिए । हाम्रो टोली सिधै तेह्रथुमको आठराई तिर लाग्यो किनभने हामि यासोक जाँदा तेह्रथुमको आठराईको कार्यक्रम भ्याउन सम्भव थिएन ।
जबहामि कार्यक्रम स्थालमा पुग्यौ त्यसपछिको कार्यक्रम यस्तो रह्यो प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसर पारेर पाँचथर र तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । तमोर नदीको पानी १७ किलोमिटर माथी डाँडामा पु¥याउने खानेपानी आयोजना, तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास र विद्युतको उद्घाटन मुख्य कार्यक्रम थिए ।

तेह्रथुमसम्म पुगेपछि आफ्नो जन्मघर नपुग्ने कुरै हुदैन । ती आयोजना उद्घाटनका लागि पहिलादेखी नै निमन्त्रणा थिए । उहाले सबैलाई एकैपटक मिलाएर आफ्नो जन्म दिनका दिन आउने वाचा दिनुभयो । सोही अनुसार उहा फागुन ११ गते विहान जानु भयो । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पु¥याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो । कूल नौ किमी सडक रु ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकासनिर्माणका कामले उत्साहित छन् ।प्रधानमन्त्री ओलीले ५१ करोड ३० लाखको लागतमा यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको थियो । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युतको उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाउनुभयो । चार वर्षअघिदेखि निर्माण शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे ।
त्यस दिन प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा मात्रै कार्यक्रम तय भएको थिएन, पाँचथर र तेह्रथुमका विभिन्न विकासनिर्माणका आयोजनाको कामको थालनी गरिएको थियो तर देशका कार्यकारी प्रमुखलाई जन्मदिनको शुभकामना व्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार बासिन्दा स्वस्फूर्त उहाँको जन्मघर पुगेका थिए । उहाँले मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गर्नुभयो ।जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँकै इच्छानुसार जन्मदिनका अवसरमा यहाँका ४०० ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित सम्मान गरिएको थियो भने दुई हजार विद्यार्थीलाई नोटबुक र कलम वितरण गरिएको थियो । यस्तै सशस्त्र द्वन्द्वमा विस्थापित आठराई, सङ्क्रान्तिबजारस्थित नेपाल बैंकको शाखाको सोमबार नै उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले पनि यहाँका बासिन्दा उत्साहित छन् ।
शीर्षनेताले जनताका कुरा सुन्दैनन्, प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैनन् भन्ने आरोप प्रधानमन्त्रीका हकमा कहीँ कतै लागू हुन्न भन्ने उहाँको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा गरिएको कार्यक्रमले देखाउँथ्यो । प्रधानमन्त्रीले त्यहाँ आएका ज्येष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उहाँले दोहोरो अन्तरक्रिया गर्नुभयो । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्रीलाई सुनाउन पाएको भन्दै आँशु नै झारे ।
धेरै ज्येष्ठ नागरिकले खानेपानीको प्रबन्ध गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । कतिपयले त आफ्ना व्यक्तिगत समस्या र दुःखेसोसमेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको तथा हेलाँहोचो गरेको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिनुभयो । उहाँले सधैँजसोको जस्तो रमाइलो मन्तव्य राख्नु भएन । मलीन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि केकस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गर्नुभयो ।जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायुको कामना गर्नेको सङ्ख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै त्यहाँ उपस्थित हजारौँ स्थानीयवासीले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवामा आइपुग्नुभएको थियो । गाउँको सानो झुपडीमा जन्मेर ठूलो सङ्घर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याइ थियो ।
प्रधानमन्त्रीसँगै आउनुभएका उहाँका पिता मोहनप्रसादले समेत स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभयो । उहाँको जन्मघरमा तस्वीर र सेल्फी लिनेको भीड नै लागेको थियो । यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उहाँको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युतको प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्रीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो ।
आठ घण्टा भन्दा बढी हिडेर कार्यक्रम स्थालमा आएका जनतामा कार्यक्रम सकेर फर्किदा सम्म अनुहारमा उस्तै हाँसो र शरिरमा उत्तिकै स्फुर्ति देखिन्थ्यो ।