एक नम्वर प्रदेश धार्मिक, साँस्कृितक र प्राकृतिक हिसावले देशकै उत्कृष्ट — मन्त्री कुसियैत

उमानाथ भण्डारी

This image has an empty alt attribute; its file name is ghu-1024x472.jpg

कमल । प्रदेश नम्बर १ का वन उद्योग पर्यटन तथा वातारण मन्त्री जगदिश प्रसाद कुसियैतले १ नम्वर प्रदेन धार्मिक साँस्कृितक र प्राकृतिक हिसावले देशकै उत्कृष्ट रहेको बताउनु भएको छ ।

This image has an empty alt attribute; its file name is hnm-1024x472.jpg


नेपाल सरकार साँस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आयोजना तथा कमल गाउँपलिकाको व्यवस्थापनमा झापाको कमल गाँँउपालिका ५ स्थित एक प्रस्तावित रङ्गशालामा शुक्रवार प्रदेश स्तरिय साँस्कृतिक महोत्सव २०७६ को सम्वोदन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।

This image has an empty alt attribute; its file name is n-1024x472.jpg


मन्त्री कुसियैतले एक नम्वर प्रदेशमा संसारकोे अग्लो सगरमाथा र नेपाल कै होचो भुभाग कचनकवल समेत यहि प्रदेशमा रहेको उल्लेख गर्दै वहाँले यो प्रदेशमा रहेको वहुभाषिक वहुँसाँस्कृतिक वहुँजाति को वसोवास समेत रहेकोले अन्य प्रदेशको तुलनामा यो प्रदेश उत्कृष्ट रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 89-1024x472.jpg


मन्त्री कुसियैतले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई साँस्कृतिक महोत्सवले ठुलो सहयोग पुग्ने भएकोले प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा साँस्कृतिक महोत्सवको आयोजना गरिने समेत बताउनु भयो ।

This image has an empty alt attribute; its file name is o-1-1024x472.jpg


साँस्कृतिक महोत्सवले विभिन्न भाषा, संस्कार र सँस्कृतिले विभिन्न जातजाति हरुमा राष्ट्रिय एकताको भाव कायम गर्दै स्थानिय कलाकार लाई राष्ट्रिय स्तरसम्म पैचान गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने नेपाल सरकार साँस्कृतिक पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका स सचिव सुरेश आचार्यले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is nju-1024x472.jpg


कार्यक्रममा स्थानिय कला र संस्कृति झल्किने च्याब्ुङ्ग, नौमतिबाजा, संगिनी ,राजवंशी,जोगिनाच , धामिनृत्य लगायत साँसकृतिक सस्थान काठमाडौका कलाकारको समेत प्रस्तुति रहेको थियो ।

This image has an empty alt attribute; its file name is vbn-1024x472.jpg


कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु प्रुासाद सिवाकोटीले स्वगत गर्नुुभएको थियो भने प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो त्यसैगरी विवश वलिभद्र कोईरालाले सञ्चालन गर्नुभएको थियो ।

Back to top button