कमल । कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोषू मा आज (आईतवार) सम्ममा कमल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा १९ लाख ६३ हजार रुयैया भन्दा बढी संकलन भएको छ ।

कोषमा गाउँपालिकाका तर्फ बाट छेट्याएको १० लाख र दाता हरुवाट जम्मा भएको ९ लाख ६३ हजार ६८५रुपैया गरी जम्मा १९ लाख ६३ हजार ६८५ रुपैया जम्मा भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासले जानकारी दिनुभयो ।
कोषमा निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) कमल गाउँपालिकाको तर्फ बाट अध्यक्ष बदीराम राईले एक कार्यक्रमका विच १ लाख ५० हजार रुयैयाको चेक गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको थियो । हाल कमल गाउँपालिकामा १९ वटा सस्थागत विध्यालय सन्चालनमा रहेका छन् ।
त्यसैगरी नवोदय वहुउद्देश्यीय सहकारी सस्था कमल ३ बाट संचालक समिती र लेखा समितीको १ दिनको बैठक भत्ता र कर्मचारीको एक दिनको तलव गरी १ लाख रुपैयाको चेक सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले अध्यक्ष काफ्लेलाई प्रदान गर्नुभएको थियो । त्यसैगरी सस्थाले जिल्लाका १५ वटै स्थानियतह मध्ये आफ्नो शाखा रहेको पालिकामा २५ हजार रुपैया र सेवाकेन्द्र रहेका पालिका लाई १० हजार रुपैयाका दरले सहयोग गर्ने संस्था व्यावस्थाप फणिन्द्र कार्किले जानकारी दिनुभयो ।
त्यसैगरी हाम्रो टोलविकस सस्था बोहोरा टोलका तर्फबाट सस्थाका अध्यक्ष गोपाल बोहोराले १५ हजार र जागरुक कृषि सहकारी सस्थाका तर्फ बाट अध्यक्ष कमल घिमिरेले १० हजार रुयैयाको चेक गाउँपालिका अध्यक्ष काफ्लेलाई प्रदान गर्नु भएको थियो ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष”मा प्राप्त रकम क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन ,उत्पन्न विषम परिस्थितीबाट लक डाउनको कारण अति विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु, अशक्त र असहायहरुलाई राहात प्रदानका लागी यो रकम खर्च गरिने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । सहयोग गर्न चाहने महानुभावले एनएमबि बैङ्क केर्खा शाखाको खाता नम्बर ०६४००५८१९६४०००८१ मा रकम गम्मा गर्न सकिने गाउँपालिबकाले जनाएको छ ।


त्यसैगरी उद्यमशिल महिला जागरण केन्द्र कमल गाउँपालिकाले एक कार्यक्रमका विच चुलाचुली गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन समितीको कोषमा जम्माहुनेगरी केन्द्रकी अध्यक्ष शान्ता दाहालले चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईलाई १० हजार रुपैयाको चेक प्रदान गर्नु भएको छ । चुलचचुली गाउँपालिकामा यो समाचार तयार पार्दासम्म ९ लाख ५० हजार रुपेया विपद् व्यवस्थापन कोषमा जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।