कमलनगर जेसीजले १० थान वेडसेट गाउँपालिकालाई हस्तान्तरण

क्वारेन्टाईमा बस्नेहरुका लागी फ्रि वाईफाईको सुविधा

कमल । कमलनगर जेसीजले १० थान वेडसेट तयारगरी कमल गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनलाई हस्तान्तरण गरेको छ ।
जेसीजले कमल गाउँपालिका ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा आईतवार एक कार्यक्रमका विच कमल नगरजेसीज वर्ष २०२० का अध्यक्ष जेसीहेम दाहालले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई १० थान बेडसेट सहित अन्या आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

This image has an empty alt attribute; its file name is rb-1024x472.jpg


“मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो, म मेरो देश आफै बनाउछु” भन्ने अभियानमा जुटेको जेसीजले राष्ट्रमा परेको यो विपत्तिका समयमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्येश्यले क्वारेन्टाईन बस्ने व्याक्तिका लागी आवश्यक पर्ने १० थान वेडसेट खानाखानका लागी प्लेट, चम्चा , गिलास, पानि तताउने ईलेक्ट्रिक कित्लि का साथै फ्रि वाईफाई जडान गरिएको कमलनगर जेसीजका सस्थापक अध्यक्ष जेसी रुपनारायाण न्योपानेले जानकारी दिनुभयो ।
जेसीज हरेक कार्यक्रमा गाउँपालिका संग सहकार्य गरेर काम गर्दै आएको र यस विपक्तिमा समेत समन्वय गरेका छ । जेसीजले १० थान वेड बनाउने सल्लाहा भए बमोजिम हामिले सम्बन्धित निकायमा गाउँपालिका तर्फ बाट २५ वडा वेड बनाउछौ भनेर जानकारी गराएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले ले बताउनुभयो ।
गाउँपालिका सग भएको सहकार्य अनुसार हामिले १० थान बेड तयारगरी गाउँपालिकालाई हस्तन्तरण गरेका छौ । क्वरेन्टाईनमा बस्नेहरुका लागी मनोरन्जनहोस भनेर फ्रि वाईफाई समेत जानान गरीदिएका छौ । विपक्तिको यो समयमा नआत्ति संयमित भएर बसौ, कोरोना भाईरस आफै तपाईको घरमा आउदैन तपाईले लिएर आउने भएकोले लकडाउनको अवधिभर घरमा बस्न समेत कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहालले अनुरोध गर्नुभयो ।
कोरोना भाइरस (कोभिड १९)को शंकालागेमा अनिवार्य १४ दिन सम्म क्वरेन्टाईनमा बस्नु पर्ने हुन्छ । यसका लागी कमल गाउँपालिकाले पहिलेनै गाउँपालिकाको वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा १५ बेडको क्वारेन्टाइन निर्माण गरिसकेको छ । जेसीजले प्रदान गरेको १० थान वेड सहित अब कमल गाउँपालिकामा २५ बेडको क्वरेन्टाईन तयार भएको उपाध्यक्ष बेनु सिवाकोटीले बताउनुभयो ।

Back to top button