आस्युलेसनमा रहेका कमल गाउँपालिका १ व्याक्तिमा कोरोना नभएको पुष्टि

कमल । कोरोना भाइरस (कोभिड १९) को संकालागेर आस्युलेसनमा राखिएका कमल गाउँपालिका वडा १ का एक व्याक्तिको कोरोना नभएको रिपोर्ट आएको छ ।
वडा नम्वर १ का ति व्याक्तिको कोरोना लागेको शंका लागेर गत चैत २१ गते मेचि अञ्चल अस्पतालको आस्युलेसनमा पठाईएका ति व्याक्तिको ल्याप परिक्षण गर्दा कोरोना नभएको रिपोट आएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी उनका बुबालाई कमल गाउँपालिकाले तयार पारेको क्वारेन्टाईनमा राखिएको थियो भने होम क्वारेन्टाईनमा बसेका उनका परिवारको स्वस्थ्य कर्मिले दैनिक स्वस्थ्य परिक्षण गरिएहेको कमल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।
त्यसैगरी वडा नम्वर २ का अर्का एक व्याक्तिको भने ल्याव परिक्षणको रिपोर्ट आउन बाँकी रहेको समेत प्रमुख थुलुङ्गले बताउनुभयो ।
कमल गाउँपालिकामा रहेका स्वस्थ्यकर्मिको टोलीले विदेश बाट आएर होम क्वारेन्टाईन बसेका ७२ जना व्याक्तिको दैनिक स्वस्थ्य परिक्षण गरिरहेको स्वस्थ्य शाखाले जनाएको छ ।

Back to top button