कमल । विश्वव्यापि रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष”मा बुधवार समेत सहयोग प्राप्त भएको छ ।
यसरी सहयोग प्रदान गर्नेमा लखनपुर खानेपानी तथा सरसफाई उपभाक्ता समितीका तर्फ बाट २ लाख ५५ हजार रुपैयाको चेक एक औपचारीक कार्यक्रमका विच उपभाक्ता समितीकी अध्यक्ष उषा भण्डारीले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको हो ।
हामिले हाम्रो ढुकुटीमा धेरै भएर सहयोग दिएको हैनौं विपत्तिको यो घडीमा थोरै भएपनि सहयोग पुगोस भन्ने उद्येश्यले गाउँपलिकाले स्थापना गरेको कोषमा रकम प्रदान गरेको लखनपुर खानेपानी तथा सरसफाई उपभाक्ता समितीकी अध्यक्ष उषा भण्डारीले बताउनुभयो ।

समितीले लकडाउनका कारण उपभोक्तालाई आर्थिक समस्या भएको भन्दै २०७६ साल चैत र २०७७ सार बैशाख २ महिनाको पानीको न्युनतम महशुलमा ५० प्रतिशत छुट गर्ने निर्णय समेत गरेको भण्डारीले बताउनुभयो । लखनपुर खानेपानी सस्थामा हाल २ हजार एकसय सदस्य छन् । उपभोक्ताले ८ हजार लिटर पानि प्रयोग गरे वापत मासिक १ सय १० रुपैया न्युनतम महशुल तिर्दै आएकोमा अव २ महिना सो रकमको आधामात्र महशुल तिरे हुने समितीले जनाएको छ ।
त्यसैगरी झपाको को मेचिनगरमा मुख्य कार्यलय रहेको नेपाल बहुउद्येश्यीय सहकारी सस्थाले लकडाउनका कारण समस्यामा परेका अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई सहयोग पुगोस् भन्ने उद्येश्यका साथ राहात कोषमा जम्माहुनेगरी २ हजार केजी चामल उपलब्ध गराएको सस्थाका केर्खा शाखा सन्चालक समितीका संयोजक अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

त्यसैगरी कमल गाउँपालिका ३ स्थित कर्मणी बचा तथा ऋण सहकारी सस्थाले समेत रहात कोषमा जम्मा हुनेगरी सस्थाका अध्यक्ष तिलोचन गौतमले मार्फत ७ हजार १०५ रुपैया प्रदान गर्नु भएको गाउँपालिकाले जनाएको छ ।
कमल गाउँपलिकाले छुट्याएको १० लाख बाहेक कोषमा यो समाचार तयार पार्दा सम्ममा ३० लाख ८१ हजार १७ रुपैया जम्म भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।