कमल / अब कोरोना भाइरस संक्रमण भए नभएको जिल्लाजिल्लामा नै जाँच हुने भएको छ ।
क्वारेन्टाइनमा रहेकाहरुलाइ १४ दिन भएपछि घर पठाइदै आएकोमा अब भने किट मार्फत कोरोना जाँच गरेर मात्र पठाउन जिल्ला प्रशासन कार्यालय झापाले सबै स्थानीय पालिकाहरुलाइ परिपत्र गरेको छ ।
गृह मन्त्रालयको आदेश अनुसार भन्दै झापाका सवै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय झापाले परिपत्र गरेको हो ।
अहिलेसम्म पालिकामा रहेका क्वारेटाइनमा रहेकाहरुलाइ बिना जाँच घरमा थप क्वारेन्टाइनमा बस्ने शर्त सहित पठाउदै आईएको छ ।
बुधबार झापाको दमकका क्वारेन्टाइनमा बसेकाहरुलाई पनि घर पठाईएको थियो ।
नयाँ परिपत्र जारी भएपछि अब क्वारेटाइनमा रहेकाहरुको जाँच हुनेछ ।
यसले कोरोना जाँचका लागि धरान पठाउनु पर्ने अवस्थाको पनि अन्त्य हुने अनुमान गरिएको छ