उमानाथ भण्डारी
कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरस (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी सरकारले गरेको लकडाउनका कारण कमल गाउँपालिकामा विदेश बाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका नागरिकको स्वस्थ्य अवस्था समान्य रहेको छ ।
लकडाउनका समयमा विदेश बाट आएर गाउँपालिकाका विभिन्न ठाउँमा होम क्वारेन्टाईनमा बसेका नागरिकको १४ दिन सम्म जनप्रतिनिधी सहित कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलिले घरघरमा पुगेर नियमित स्वस्थ्य परिक्षण पछि यस्तो नतिजा आएको कमल गाउँपलिका स्वस्थ्य शाखाले जनाएको छ ।

विदेश बाटदआएर सेल्फ क्वारेन्टाईनमा बसेका २४ दिन विताएका कमल गाउँपालिका वडा नम्बर ७ का तुलसि प्रसाद सुवेदी दैनिक रुपमा स्वस्थ्य टोलि घरमा आएर परिक्षण गरिरहँदा आफुलाई खुशिलागेको र अहिले सम्म आफ्नो स्वस्थ्य अवस्था समान्य रहेको बताउनुहुन्छ ।
क्वारेन्टाईनमा बसेका व्याक्तिलाई वाहिर बाट हेरिने दृष्टिकोण अलि फरक छ भने क्वारेन्टाईन भित्र बसेकालाई दिन कटाउन झनै गारो छ । यस्तो अस्थामा क्वारेन्टाईनमा बसिरहनु भएका कमल गाउँपालिका वडा नम्वर ७ का स्थानिय विशाल राईका अनुसार आफ्नै स्वस्थ्यकालागी भएकोले राम्रै लागेको र अरु विदेश बाट आउनुभएको भएर घरै सुरक्षित साथ बस्नु पर्ने बताउनुहुन्छ ।
विदेशबाट आएर क्वारेन्टाईनमा बसेका नागरिको कमल गाउँपालिकाको स्वस्थ्य शाखाको टोली बाट नियमित रुपमा स्वस्थ्य परिक्षण र अनुगमन भएकोले पनि अहिले सम्म सुरक्षित भएको कमल गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष पृथ्विपति राईले बताउनुभयो ।

कमल गाउँपालिकाका विदेश बाट आएर सेल्फ क्वारेन्टाईनमा बसेका ७४ जना नगरिकको अहिले सम्मको स्वस्थ्य अवस्था समान्य रहेकोले कमल बासिहरु ७० प्रतिशसत सुरक्षित छौ तरपनि बाँकि ३० प्रतिशत अझै ढुक्कहुने अवस्था नरहेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताउनु भयो ।
लकडाउन सुरुभएको आज २० औं दिन भैसकेको छ । अझैपनि ढुक्क हुने अवस्था छैन । सबैले आ आफ्नो ठाउँबाट लकडाउनलाई सफल पार्न पुर्ण रुपमा सहयोग गर्ने बेला आएको छ । सबैले संयमित भएर लकडाउनलाई सफलपारौ ।