कमल गाउँपालिकाले स्थापना गरेको कोषमा तोपगाछी खानेपानीको सहयोग

कमल । विश्वव्यापि रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण कोष मा सोमवार समेत सहयोग प्राप्त भएको छ ।
यसरी सहयोग प्रदान गर्नेमा तोपगाछी खानेपानी तथा सरसफाई उपभाक्ता समितीका स्किम नम्वर १ अमलडाँगी को तर्फबाट १ लाख रुपैयाको चेक एक औपचारीक कार्यक्रमका विच उपभाक्ता समितीकी अध्यक्ष सुर्य प्रसाद लिम्बुले कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको हो ।
समितीले लकडाउनका कारण उपभोक्तालाई आर्थिक समस्या परेको भन्दै २०७६ साल चैत १ गते देखी २०७७ सार असार मसान्त सम्मको खानेपानीको विल भुक्तानिमा ढिलो भएपनि जरीमाना छुट गर्ने, खानेपानिका उपभोक्ताको नियमित रुपमा मिटर रिडिङ्ग गर्ने तर महशुल स्थितीमा सुधार आएपछि मात्र बुझ्ने निर्णय गरिएको सस्थाका व्यावस्थापक चन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
२०५९ साल बाट सन्चालनमा आएको खानेपानि आयोजनामा हाल ८ सय ३२ जना उपभोक्ता रहेका छन् ।

Back to top button