उमानाथ भण्डारी
कमल । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी गाउँपालिकाले दोश्रो चरणको राहात वितरण गरेको छ ।

राहात वितरणका लागी गाउँपालिकाले सातवटै वडाका अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा समिती वनाएर सबै वडा र टोलटोलबाट सिफारिस भएर आएका १ हजार ५सय ४८ घरधुरीलाई खाध्यन्न वितरण गरिएको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिनुभयो ।
१ हजार ५सय ४८ घरधुरीका परिवारलाई राहात वितरण गरिएको थियो । वितरण गरेको

खाद्यन्नमा चामल २१ हजार ९ सय ५५ के.जि. , दाल १ हजार ५ सय ४८ के.जि. , तेल १ हजार ५ सय ४८ के.जि., नुन १ हजार ५ सय ४८ के.जि.,साबुन दाल १ हजार ५ सय ४८ वटा वितरण गरिएको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।