उमानाथ भण्डारी
कमल । रसायनिक मलको (युरीया) अभाव झेलिरहेका झापा कमल गाउँपालिकाका कृषकलाई सहकारीले मल वितरण गरिदिएपछी थोरै भएपनि राहात मिलेको छ ।
हरेक बर्ष रसायनिक मलको अभाव झेलिरहेका कृषकलाई यो वर्ष कोरोना भाईरसको नियन्त्रण र रोगथामका लागी सरकारले गरेको लकडाउनका कारणले झनैठुलो अभाव झेल्नु परेको थियो । यस्तो अवस्थामा झापाको कमल गाउँपालिकामा रहेका सहकारी सस्था हरुको सकृयतामा रसायनिक मल वितरण गर्नाले थोरै भएपनि कृषकलाई राहात मिलेको छ ।

रसायनिक मल अभावका कारण कृषकलाई परेको समस्यालाई न्युनिकरण गर्न कमल गाउँपालिकाका रहेका बहुउद्देश्यीय सहकारी सस्थाले कृषि सामग्री सस्थानको प्रादेशिक कार्यलय विरगंज बाट रसायनिक मल त्याएर कृषकलाई वितरण गरिएको श्री पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सस्था अध्यक्ष प्रेम सापकोटाले जानकारी दिनुभयो ।
यस अधिपनि कृषि सामाग्री सस्थानले कृषकलाई सहज होसभनेर ५० वोराका दरले सहकारी सस्था मार्फत कृषकलाई रसायनिक मल विक्रि वितरण गर्दै आएको भएपनि त्यो एकदमै अपुग हुन्थ्यो । लकडाउनले गर्दा कृषकलाई मल अभावले झनै सताएको महशुस गरी विरगंजबाट मल ल्याएर वितरण गरिरहेका छौ । कृषकको माग धेरै छ ,भोलीका दिनमा गाउँपालिकाले सहयोग गरेमा थप वितरण गर्न हामी तयार रहेको श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था कमल ३ का अध्यक्ष शरणकुमार पराजुली बताउनुहुन्छ ।
कमल गाउँपालिकामा रहेका ६ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी सस्था अन्तरगत श्री नवोदय बहुउद्देश्यीय सहकारी सस्था कमल ३, श्री पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सस्था कमल २, श्री लगानशिल कृषि सहकारी सस्था कमल ५,श्री इनर््द्रेणि सहकारी सस्था कमल ७,श्री समायगढ सहकारी सस्था कमल २ र सानाकिसान सहकारी सस्था कमल ७ ले २ सय बोराका दरले आज एकै पटक कमल गाउँपालिका भरि १ हजार २ सय बोरा रसायनिक मल विक्रि वितरण गरेको सहकारी सस्थाले जनाएका छन् ।