कमल । कमल नगर जेसिजले मातातीर्थ औसि (आमाको मुख हेर्न दिन)एक बेसहरा वृद्धा आमासंग मनाएको छ । सन्तानबाट अपहेलित बेसहारा वृद्धा आमालाई दैनिक गुजारा चलाउन कठिन भएको परिस्थितिमा विभिन्न दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गर्दै मनाएको हो ।
झापा कमल गाउँपालिका १ स्थित रतन चौनका ८१ वर्षीय एक बेसहारा वृद्धा हरिमाया चिमरियालाई कपडाका साथै दैनिक उपभोग्य खाद्यान्न सामाग्री स्वरुप चामल, तेल, चिनी, मटर, नुन लगायत फलफुल तथा ग्यास प्रदान गरिएको कमल नगर जेसिजका अध्यक्ष जेसीहेम दाहालले जानकारी दिनुभयो ।

कमल नगर जेसिजको टोलि आज उहाँको घरमा पुगेरदैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको थियो । टोलिमा कमल नगर जेसिजका पुर्व अध्यक्ष तथा कमल गाउँपालिका १ नम्वर वडा अध्यक्ष जेसी केदार कटुवाल , कार्यकारी उपाध्यक्ष जेसीरिजु कार्की, कानुनी सल्लाहकार जेसी भिम अधिकारी, महासचिव सेजीछत्रपती खनाल, कोषाध्यक्ष सेजी नारायण बस्नेत , जी.पी.फाउन्डेसन झापाका अध्यक्ष बुद्धि न्यौपाने, झापाली युनिटी क्लबकी कोषाध्यक्ष सविता कटुवाल लगायत स्थानीय वुद्धिजिवी, अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहको थियो ।