उमानाथ भण्डारी
कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरस (कोभिड १९) को संक्रमित छिमेकी नगरपालिकामा फेलापरेपछि कमल गाउँपालिकाले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको छ ।
आज विहान प्रदेश सभासद अर्जुन राईको प्रमुख अतिथ्यतामा बसेको बैठकले छिमेकी दमक नगरपालिकामा कोभिड १९ को संक्रमित फेलापरे सगै त्यसको प्रभाव कमल गाउँपालिकामा समेत पर्ने भन्दै लकडाउन लाई अझ कडा बनाउन विभिन्न निर्णय भएको गाउपालिकाले जनाएको छ ।
आज गरिएका मुख्य निर्णयहरुमा गाउँपालिकामा विदेश बाट आएर होम क्वरेन्टाईनमा बसेका नगरिको आरडिटी किट नभएका कारण परिक्षण गर्न नसकिएकोले प्रदेश सरकारसंग आरडिटी किट माग गर्ने, दैनिक बिहान ११ बजे देखी २ बजे सम्म मात्र अत्यावश्य बस्तु ( खाध्यन्न र तरकारी )का पसल मात्र खुल्ला गर्ने,सुरक्षा व्यवस्थालाई थप कडाई गर्ने लगायतका निर्याय भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।

त्यसैगरी गाउँपालिकामा रहेका ५८ वडा टोल विकास सस्थालाई समन्वयगरी सुचनालाई प्रभावकारी बनाउने ,आफ्नो छरछिमेकमा कोहि नयाँ व्याक्ति आउनसाथ स्वस्थ्य शाखालाई जानकारी गराउनु पर्ने लगाएतका निर्णय भएको कमल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, सातै वडाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यलय दमकका डिएसपी विजयराज पंडित, सशस्त्र प्रहरीवल बैगुनधुराका डिएसपी अशोक कुमार शाक्य लगायतको उपस्थिती रहेको थियो ।