गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाली काग्रेस कमल गाउँसमितीका तर्फ बाट सहयोग प्रदान ।

कमल ।कमल गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नेपाली काग्रेस कमल गाउँसमितीका तर्फ बाट सहयोग प्रदान गरेको छ
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी कमल गाउँपालिकाले स्थापना गरेको कोषमा नेपाली काग्रेस कमल गाउँसमितीका तर्फ बाट आज एक कार्यक्रमका बिच सांसद महेन्द्र कुमारी लिम्बुमार्फत ५५ हजार रुपैया कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई प्रदान गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काग्रेस कमल गाउँसभापति खगेन भण्डारी, क्षेत्रिय सभापती ढुण्डिराज भण्डारी ,सहसभापति राजकुमार न्यौपाने, महासमिती सदस्य राजन ढुङ्गगाना लगायतको उपस्थिती रहेको थियो ।
यो सहित गाउँपालिकाको तर्फ बाट विपत व्यवस्थापना छुट्याएको १० लाख सहित कोषमा २८ लाख ५ हजार रुपैया भन्दा बढी जम्मा भएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
सोही कोषबाट गाउँपालिकाले ३ हजार ५ जनालाई पहिलो चरणको राहात वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।

Back to top button